भाद्र २७ कालीकोट । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जिल्लाको खुलालु पुलको अनुगमन गर्दै पुल छिटो वनाउन निर्देशन दिनु भएको छ ।
लामोसमयदेखि निमार्णाधिन अवस्थामा रहेको जिल्लाको खुलालु पुलको सुक्रवार मुख्यमन्त्री शाहीले अनुगमन गर्दै छिटो वनाउन निर्देशन दिनु भएको हो ।
नेपाली काङ्गेसको पालामा दुई दुई पटक सिलान्यास भएको पुल अहिलेसम्म पनि निर्माण नहुदा स्थानीयवासीहरु मर्कामा परेका छन् ।
कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले पुलको अनुगमन गरेपछि अव पुल निमार्णको गतिले तीव्रता पाउनेमा स्थानीयबासीले विश्वास लिएका छन ।
मुख्यमन्त्री शाहीले आगामी असारसम्म काम सम्पन्न नगरे पुनः अर्को टेन्डर गर्ने निमार्ण कम्पनीलाई चेतावनी दिनु भएको छ ।
उता निमार्ण कम्पनीे कन्काई नेपाल प्रगती जेविका सञ्चालक दिपक मैनालीले भने आगामी असारभित्र आफूले पुल सञ्चालनमा ल्याईसक्ने प्रतिवद्धता जनाउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस