पेरु कम्युनिष्ट पार्टीका क्रान्तिकारी नेता गोन्जालोको जेलमै निधन

२७ भदौ, काठमाडौं । पेरु कम्युनिष्ट पार्टीका क्रान्तिकारी नेता गोन्जालोको निधन भएको छ । उहाँको जेलमै रहेको अवस्थामा शनिवार ८६ वर्षको उमेरमा निधन भएको हो ।

उहाँलाई सन् १९९२ मा साम्राज्यवादी कठपुतली पेरु सरकारले गिरफ्तार गरि जेलमा राखेको थियो । जनताको मुक्तिका लागि जनयुद्ध संचालन गरि प्रत्याआक्रमणमा क्रान्तिकारी आन्दोलन गएको वेला साम्राज्यवादीहरु आतंकीत भएर उहाँलाई कठपुतली सरकारले आजीवन कारावासको सजायँ दिएको थियो ।

क्रान्तिकारी तथा दार्शनिक नेता गोन्जालोको निधनले विश्वभरका कम्युनिष्ट क्रान्तिकारीहरु स्तव्ध गएका छन । उहाँ विश्वभरका क्रान्तिकारीका प्रेरणाका स्रोत हुनुहुन्थ्यो ।
गोन्जालोको वास्तविक नाम अबिमेल गुजम्यान हो । उहाँको जन्म सन् १९३४ मा पेरुको दक्षिण तटमा अवस्थित मोलेन्डो शहर नजिक भएको थियो ।
सन् १९९० को दशकमा पेरु कम्युनिष्ट पार्टी (साइनिङ पाथ)का अध्यक्ष गोन्जालोको नेतृत्वमा सशस्त्र जनयुद्ध सुरु भएको थियो ।

गाउँदेखि शहर घेर्ने रणनीति अन्तर्गत सो क्रान्तिले पेरुका अधिकांश गाउँ र केही मुख्य शहरहरुसमेत कब्जा गरेको थियो । साइनिङ पाथ राजधानी लिमासहित केन्द्रीय सत्ता पनि कब्जा गर्ने उद्देश्यको नजिक पुगिसकेको थियो ।
यसैक्रममा सन् १९९२ सेप्टेम्बर १२ तारिखका दिन राजधानी लिमा शहरको एक घरबाट गोन्जालो पक्राउ पर्नु भयो । उहाँलाई सैनिक जेलमा थुनेर आजीवन काराबासको सजायँ सुनाइयो । दोस्रो र तेस्रो तहसम्मका नेताहरु पनि पक्राउ परे ।

सन् १९८१ बाट शुरु भएको पेरुको कम्युनिष्ट क्रान्तिले गम्भीर धक्का खायो । सन् १९९५ सम्म केन्द्रीय सत्ता कब्जा गरेर नयाँ जनवादी क्रान्ति सम्पन्न गरिसक्ने योजना सफल हुन सकेन । तर पनि पेरुमा १९९९ सम्म चलेको जनयुद्धको क्रममा ७० हजारको ज्यान गएको थियो ।

साम्राज्यवादी कायरहरुले उहाँलाई जेलमै थुनेर निधन भएपनि क्रान्तिकारीहरु कत्ति निडर र साहासी हुन्छन भन्ने कुरा विश्वभर उदाहरणको रुपमा चिनिएको छ । उहाँलाई विश्वभरका क्रान्तिकारीहरुले श्रद्धासुमन व्यक्त गरेका छन ।

प्रतिक्रिया दिनुहोस