अखिल (क्रान्तिकारी) मध्यपश्चिम विश्वविद्यालयको दोस्रो सम्मेलन सम्पन्न

२७ भाद्र, सुर्खेत । विप्लव नेतृत्वको नेकपा संग आस्था राख्ने अखिल (क्रान्तिकारी) मध्यपश्चिम विश्वविद्यालय अन्तरगतको दोस्रो जिल्ला सम्मेलन सोमवार सुर्खेतमा सम्पन्न भएको छ ।

सम्मेलनले कमल शाहीको अध्यक्षतामा २ सदस्य पछि थप्ने गरि १७ सदस्सीय जिल्ला समिति निर्वाचित गरेको छ । जसमा उपाध्यक्ष पवित्र केसी,सचिव वसन्त रोकाया, सहसचिव टिम वहादुर वोगटी,कोषाध्यक्ष सुनिता वुढा लगायत निर्वाचित भएका छन ।

“दलाल पूजीवादी शिक्षा प्रणालीका विरुद्ध हाम्रो आन्दोलन, सुदृढ संगठन तथा वैज्ञानिक शिक्षा प्राप्तीका लागि मध्यपश्चिम विश्वविद्यालयको दोस्रो सम्मेलन” भन्ने मुलनाराका साथ दोस्रो सम्मेलन सम्पन्न भएको हो ।

शिक्षा क्षेत्रमा भईरहेको निजीकरण,व्यापारी र दलालीकरणका विरुद्ध सशक्त आन्दोलन गर्ने सम्मेलनले निणर्य गरेको छ ।

सम्मेलनमा प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य एटम विसीले सम्वोधन गर्दै राष्ट्रिय स्वाधीनताको आन्दोलनको पक्ष र शिक्षा क्षेत्रमा भएका विकृतिका विरुद्ध विद्यार्थी आन्दोलित हुनु पर्ने वताउनु भयो । उहाँले दलाल संसदीय सत्ता असफल भएकाले यो सत्ता हुदा सम्म नेपालमा वैज्ञानिक शिक्षा र वैज्ञानिक समाजवाद आउन नसक्ने दावी गर्नु भयो ।

अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य प्रेम शाहीले वैज्ञानिक शिक्षा प्राप्तीको लागि दलाल संसदीय व्यवस्था नै हटाउनु पर्ने वताउनु भयो ।

सम्मेलनमा नेकपा सुर्खेतका जिल्ला सचिव धुव्र, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य कमल सिंह वुढा लगायतका अतिथिहरुको सहभागीता रहेको थियो । खेमलाल वुढाथोकीको अध्यक्षतामा सुरु भएको सम्मेलनको संचालन मोहन धामीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस