बर्दियामा माआवादी केन्द्रका दुई जना नेता विप्लव नेतृत्वको नेकपामा प्रवेश

२७ भाद्र, बर्दिया । नेकपा माओवादी केन्द्रका दुई जना जिल्ला स्तरिय नेता पार्टी परित्या गर्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन ।

बर्दियाको सदरमुकाम गुलरियामा आईतवार भएको एक कार्याक्रमका बीच नेकपा (माओवादी केन्द्र) परित्याग गरि नारद प्याकुरेल र दिपेन्द्र प्याकुरेल नेकपामा प्रवेश गर्नु भएको हो । उहाँहरुलाई नेकपा वर्दियाका जिल्ला सेक्रेटरी गणेश चौधरीेले अविर आवरण गरी स्वागत गर्नु भयो ।

नव प्रवेशी नारद र दिपेन्द्रले नेकपा (माओवादी केन्द्र) अव माओवादी विचार र सिद्धान्तमा नभएको र सिद्धान्तहिन पार्टी भएको वताउनु भएको छ ।

उहाँहरुले माओवादी केन्द्र नातावाद कृतावाद संगै भ्रष्«टाचार, दलाल कमिशन घुसखोरहरुको संरक्षण गर्ने पार्टीमा परिणत भएको दावी गर्नु भयो । उहाँहरुले क्रान्तिकारी विचार र नीति वोकेको पाटी नेकपा मात्र देखेकाले माओवादी केन्द्र परित्या गरेर नेकपामा प्रवेश गरेको वताउनु भएको छ ।

स्वागत संगै जिल्ला सेक्रेटरी चौधरीले बैज्ञानिक समाजवादी व्यवस्था ल्याउन युवाहरूको महत्वपूर्ण भुमिका रहने र भ्रममा परेर अरु पार्टीमा लागेका युवाहरु ढिलो चाँडो आफ्नो पार्टीमा फर्किने दावी गर्नु भयो ।

उहाँले दलाल संसदीय व्यवस्था भनेको खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो भएको भन्दै संसदीय व्यवस्था नेपालमा असफल भएकाले त्यसको ठाउँमा वैज्ञानिक समाजवादी व्यवस्था आवश्यक भएको जिकिर गर्नु भयो ।

उहाँले राष्ट्रघाती एमसीसी र एस.पि.पि का विरुद्ध सम्पूर्ण राष्ट्रवादी,देशभक्त र क्रान्तिकारी शक्तिहरु लड्नुको विकल्प नभएको पनि वताउनु भयो । सो क्रममा भेरी कर्णाली साधारण शाखा सेक्रेटरी धर्मराज सुनार (धिरेन्द्रले) पनि नवप्रबेशीहरूलाई स्वागत गर्नु भयो ।
स्वागत कार्यक्रमको सञ्चालन अखिल (क्रान्तिकारी) बर्दिया जिल्लाका अध्यक्ष हरि प्याकुरेलले गर्नु भएको थियोे ।

प्रतिक्रिया दिनुहोस