२७ भाद्र,सुर्खेत । विप्लव नेतृत्वको नेकपा निकट अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य तुलराज विकलाई सुर्खेत प्रहरीले सोमवार वीरेन्द्रनगरवाट विना कारण पक्राउ गरेको छ ।
विद्यार्थी संगठनको सुर्खेत जिल्ला इन्चार्ज समेत रहनु भएका विकलाई विना कारण पक्राउ गर्नु निन्दनीय र आपत्तिजनक भएको विद्यार्थी संगठनले जनाएको छ ।
जुझारु विद्यार्थी नेता विकलाई गुण्डा गर्दी शैलीमा गिरप्तार गरिएको विद्यार्थी संगठनले जनाएको छ । अखिल क्रान्तिकारीका अध्यक्षा प्रकाश शाहीले विज्ञप्ति जारी गरी गिरफ्तार विद्यार्थी नेता विकलाई यथाशिघ्र रिहाई गर्न जोडदार माग गर्नु भएको छ ।
केही समय पहिले जनकशिक्षा साम्रगी केन्द्रका कर्णाली प्रदेश प्रमुखलाई कालो मोसो दलेको विषयमा गुण्डा शैलीमा पक्राउ गरिएको हुन सक्ने विद्यार्थी संगठनले आसंका गरेको छ ।
विद्यार्थी संगठनले मातृ पार्टी संग तीन बुँदे सहमति गरी मुद्दा खारेज गरी, गिरफ्तार नेता कार्यकता रिहाई गर्ने सहमति गरे पनि उल्टै विद्यार्थी पक्राउ गर्नु सहमति उल्लंघन तर्फ सरकार गएको वताएको छ ।
प्रतिक्रिया दिनुहोस