नेपाल युक्रेन र अफ्गानिस्तान बन्ने खतरा बढ्यो ः विषम

२७ भाद्र,रोल्पा । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढामगर (विषम)ले नेपाललाई दलाल संसदवादीहरूले युक्रेन र अफ्गानिस्तान बनाउने बाटोमा उद्दत गरेको वताउनु भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी रोल्पाको छैँटौ जिल्ला सम्मेलनको सोमवार रोल्पामा उद्घाटन गर्दै नेता विषमले नेपालका दलाल तथा संसदवादीहरुले एमसीसी र एसपीपी जस्ता राष्ट्रघाती सम्झौताहरु गरेर नेपाललाई युक्रेन र अफ्गानिस्तान वताउने तर्फ लगेको वताउनु भएको हो ।

उहाँले देश अति संवेदनशील अवस्थामा पुगेको अवस्थामा सरकार फेरी पनि नेकपा संगको तीन बुँदे सहमति उल्ट्याइरहको आरोप लगाउनु भयो । नेता विषमले सरकारले नेकपा संग गरेको तीन बुँदे सहमति तुरुन्त कार्यान्यवन गर्न माग गर्दै यदि सरकार उल्लंघन गर्ने वाटो तिरै गएमा स्थिति नेपालको अझै खराव आउने चेतावनी दिनु भयो ।

सम्मेलनको उद्घाटन सत्रमा अतिथिको रुपमा नेकपाका केन्द्रीय सदस्यहरू सन्जिव, संगम, जागृति, जुझारू, सुवास पूर्व केन्द्रीय सदस्यहरू सन्तोषी,सम्झना बिशेष कमिटीका सदस्यहरू सन्तोष सुवेदी ,पुस्तमान घर्ती, संस्थापक तथा सिनियर सदस्यहरू सुमन, पत्थर, लिप, गणेश ,दिपक, शिखर, कुमार, विजुली, विश्व, विरकुशज्वाला, मंगल, युवा संगठनको केन्द्रीय कोषाध्यक्ष विश्लेषण, जनपत्रकार संगठनका केन्द्रीय कोषाध्यक्ष दिपेश विष्ट,जनअधिकार अभियान नेपालका केन्द्रीय प्रतिनिधि उमेश पौडेल,जिल्ला स्थित विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरू लगायतको आतिथ्यता रहेको थियो ।

सम्मेलनमा जिल्लाका १० वटै स्थानीय तहबाट प्रतिनिधि तथा पर्यवेक्षकहरूको सहभागिता रहेको छ । सम्मेलनको उद्घाटन सत्र सुरु हुनु अघि जनता,नेता तथा कार्यकर्ताको जुलुस निकालिएको थियो । सोमवार उद्घाटन भएको जिल्ला सम्मेलन भोली सम्म चल्ने छ । सम्मेलनले नयाँ नेतृत्व समेत निर्वाचित गर्ने नेकपा रोल्पाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस