मालेमावादलाई स्वीकार गर्ने कम्युनिष्टहरु एक हौँ : विनाेद उपाध्याय

कपिलवस्तु: नेकपा माओवादी समाजवादीका उपाध्यक्ष विनोद उपाध्यायले माक्र्सवाद, लेनिनवाद र माओवादलाई स्वीकार गर्ने सबै कम्युनिष्टहरु एक हुनुपर्ने बताएका छन् ।

नेकपाको नवौं महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना मन्तव्य दिदै उपाध्यक्ष उपाध्यायले यस्तो बताएका हुन् । उनले मालेमावादलाई स्वीकार गर्ने कम्युनिष्टहरु एक नहुँदासम्म दलाल पूँजीवादलाई अन्त्य गर्न नसकिने ठोकुवा गरे ।

उनले अहिले विश्वमा साम्राज्यवाद र उत्पीडित राष्ट्रबिचको अन्तरविरोध प्रधान भएको भन्दै साम्राज्यवादका विरुद्ध लड्न सबै क्रान्तिकारी कम्युनिष्टहरुसँगै उत्पीडित राष्ट्रहरु एक हुनुपर्ने जिकिर गरे ।

उपाध्यक्ष उपाध्यायले नवौं महाधिवेशन एकता र क्रान्ति अगाडि बढाउने महाधिवेशन बन्न पनि सुझाव दिए । उनले नेपालमा दलाल पूँजीवादले जनता दिक्दार भएको भन्दै दलाल पूँजीवादी सत्ता हटाएर वैज्ञानिक समाजवादको स्थापना गर्न सबै क्रान्तिकारीहरु एक हुनुको विकल्प नभएको बताए  ।

प्रतिक्रिया दिनुहोस