नेकपाको महाधिवेशन विचार विकासको बहसमा केन्द्रीत

२६ असोज,कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टीको नवौं महाधिवेशन विचार विकासको बहसमा केन्द्रीत भएको छ । महाधिवेशनमा सहभागी करिव पाँचसय प्रतिनिधि पर्यवेक्षकहरुले वहस गरिरहेका छन ।

नेकपाको महाधिवेशनको कपिलवस्तुमा जारी बन्दसत्रमा पेश गरिएको राजनैतिक प्रतिवेदनमा क्रान्ति सफल भएपछि रक्षा गर्न विचार विकासलाई नयाँ उचाईमा उठाउनु पर्नेमा जोड दिएको छ ।
माक्र्स,लेनिन,माओको पालामा विकास गरिएको विचार विकासले मात्र अवको क्रान्ति सफल गरी रक्षा र विकास गर्न नसकिने नेकपाको ठहर छ ।

उसले क्रान्ति सफल गरी रक्षा गर्न माक्र्स,लेनिन र माओले दर्शन,राजनैतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका क्षेत्रमा विकास गरेको विचारमा थप विकास गर्नु पर्ने प्रस्ताव गरेको छ ।

क्रान्तिकारी पार्टीको लागि क्रान्ति कसरी सफल गर्ने र कसरी रक्षा गर्ने ? भन्ने कुरा विश्व कम्युनिष्ट आन्दोलनमा वहसको विषय भएको नेकपाको भनाई छ ।
विश्वमा समाजवादी सत्ता नभएको अवस्थामा साम्राज्यवादले समाजवाद असफल भएको हल्ला चलाईरहेको छ । साम्राज्यवादी साम्राज्यवादी शक्तिहरु विचको द्धन्द्ध वढीरहेको छ । यो वेला एकधुव्रीय विश्व नभई वहुध्रुवीय विश्व बनेको र विश्वक्रान्तिको वातावरण अनुकूल वन्दै गएको नेकपाको वुझाई छ ।

नेकपाले साम्राज्यवाद उत्तर साम्राज्यवाद हुदै भुमण्डलीकृत पूँजीवादमा विकास भएको राजनैतिक प्रतिवेदनमा उल्लेख गर्दै भुमण्डलीकृत पूँजीवादका विरुद्ध लड्न र क्रान्ति विजयीमा पुर्याएर रक्षा गर्न विचार विकास अनिर्वाय हुन गएको प्रस्ताव गरेको छ । वुधवार देखि सुुरु भएको महाधिवेशनको वन्द सत्रमा विचार विकास र पार्टीको आगामी कार्यदिशाका वारे छलफल जारी छ ।

कतिपय मिडियाहरुले विप्लव र प्रकाण्डको विवाद र केन्द्रीय समितिमा को को ? पर्ने भन्ने वारे वहस केन्दी्रत भएको र विचारका क्षेत्रमा वहस नभएको भ्रामक समाचार दिएको प्रति क्रान्ति विरोधी तथा साम्राज्यवादीका एजेण्टहरुको केवल आत्मसन्तुष्टि मात्र भएको वताएको छ ।

नेकपाले साम्राज्यवादले खरिद गरेका केही तत्वहरुले योजनावद्ध क्रान्ति र क्रान्तिकारी पार्टी विरुद्ध छरेको भ्रममा कोही पनि नपर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस