रुकुममा भूकम्पबाट छोरी गुमाएका विजयको घर बनाउँदै नेकपा महासचिव विप्लव र प्रवक्ता प्रकाण्ड

२६ कात्तिक,रुकुम । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी,प्रवक्ता प्रकाण्ड सी सहित नेकपाका नेता तथा कार्यकर्ताहरुको टिमले रुकुमको छेपारेमा भूकम्प पीडित तथा भूकम्पबाट छोरी गुमाएका विजय विकको घर बनाउन थालेको छ ।

आईतवार विहान रुकुम पुग्नु भएका महासचिव विप्लव र प्रकाण्ड सहितको टिमले छेपारेका भूकम्प पीडित छोरी गुमाएका विजय विकको घर बनाउन लागेको हो ।

यसअघि जाजरकोटको नलगाडमा नयाँ घर बनाएर भूकम्प पीडितलाई हस्तान्तरण गरेर महासचिव विप्लव र प्रवक्ता प्रकाण्ड विहान रुकुम पुग्नु भएको थियो । सुरुमा रुकुमको आठबिसकोट नगरपालिका १३ घेत्माका भूकम्प पीडितका परिवारलाई महासचिव विप्लव र प्रकाण्डले भेटघाट गर्नु भएको थियो ।

जाजरकोटको नलगाडपछि रुकुमको आठबिसकोट नगरपालिका भूकम्प प्रभावित नगरपालिका हो । महासचिव विप्लव र प्रवक्ता प्रकाण्डसंग भेटघाटका क्रममा वडा नम्बर १३ का वडा अध्यक्ष टेक बहादुर पुनले भत्किएको घर र स्कुलहरुको पुनर्निर्माणमा पहल गर्न अनुरोध पनि गर्नु भयो ।

अध्यक्ष पुनले प्रभावित बस्तीमा पार्टीले गरेको पहललाई धन्यवाद समेत दिनु भयो । घेत्माका भूकम्प पीडितसंग भेटघाट,मृतक परिवारसंग भेटघाट र समवेदना प्रकट गरेपछि महासचिव विप्लव र प्रवक्ता प्रकाण्ड आठबिसकोट नगरपालिका वडा नम्बर १४ छेपारेमा पीडित छोरी गुमाएका विजयको घर बनाउन लाग्नु भएको हो ।

 

रुकुममा नेकपाको पहलमा अहिलेसम्म ९ वटा अस्थायी घरहरू बनाएको पार्टीका केन्द्रीय सदस्य चन्द्र सीले बताउनु भयो ।
यस्तै रुकुम र सल्यानका जिल्लाहरुका भूकम्प पीडितहरुलाई राहत,उद्वार तथा पुनर्निर्माणमा सक्रियता पूर्वक सहभागिता जनाएको र करिब २० लाख बराबरको राहत सामग्री हस्तान्तरण गरिएको नेकपा केन्द्रीय सदस्य एवम् राप्ती ब्युरो इन्चार्ज सविन सीले बताउनु भयो ।

सविनले एकीकृत सहायता घुम्ती टिममार्फत रुकुम र सल्यानका प्रभावित बस्तीमा पार्टीको अभियान सञ्चालन गरिएको जानकारी दिनु भयो ।
छेपारेपछि महासचिव विप्लव र प्रवक्ता प्रकाण्ड सल्यानको दार्माको भूकम्प पीडितलाई भेटघाट गरि राहत तथा पुनर्निर्माणमा सहभागी हुने कार्यक्रम रहेको पार्टीको केन्द्रीय कार्यालय सचिवालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस