२६ कार्तिक, काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले समाजवादी मोर्चाबाट अलग भएको घोषणा गरेको छ ।
नेकपाका महासचिव विप्लव सीले बुधवार एक प्रेश विज्ञप्ति जारी गरी समाजवादी मोर्चाको औचित्य समाप्त भएको निश्कर्ष निकाल्दै नेकपा अलग भएको घोषणा गर्नु भएको हो ।
नेकपाले समाजवादी मोर्चामा आबद्ध तीन पार्टीहरुले एकता गरेर नेपाली कम्युनिस्ट पार्टी बनाइसकेको भन्दै यस्तो स्थितिमा आजकै स्वरुपमा समाजवादी मोर्चाको औचित्य समाप्त भएको उल्लेख गरेको छ ।
जारी विज्ञप्तिमा भनेको छ, ‘जेन्जी विद्रोहपछि नेपालको राजनीतिक परिवेश र धारणामै व्यापक फेरबदल भएका छन् । सबै राजनीतिक पार्टीहरु नयाँ खालका एकता र मोर्चाबन्दीमा सहभागी बन्दै छन् । व्यापकस्तरमा नयाँ बहस आवश्यक बनेका छन् । समाजवादी मोर्चामा आबद्ध तीन पार्टीहरुले एकता गरेर नेपाली कम्युनिस्ट पार्टी बनाइसकेका छन् । यस्तो स्थितिमा आजकै स्वरुपमा समाजवादी मोर्चाको औचित्य समाप्त भएको नेकपाको निष्कर्ष छ । सोही निस्कर्षका आधारमा हाम्रो जनप्रिय पार्टी नेकपा समाजवादी मोर्चाबाट अलग भएको जानकारी गराउँदछौं ।’
नेकपाले २०८० सालमा नेपालका चार पार्टी सहभागी भएर समाजवादी मोर्चा निर्माण भएको उल्लेख गर्दै राष्ट्रिय स्वाधीनता, राज्यको अग्रगामी रुपान्तरण र जनजीविकाको पक्षमा साथै भ्रष्टाचारका विरुद्ध संघर्षको पहल गर्ने उद्देश्यका साथ मोर्चा गठन भएको र केही महत्वपूर्ण कार्यक्रम गरेको दाबी गरेको छ ।
विज्ञप्तिको पूर्णपाठ
