नेकपा निकट अनेम संघ (क्रान्तिकारी) राष्कोट नगर अध्यक्षमा गाैंकला टमट्टा

विप्लव नेतृत्वकाे नेकपा निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) कालिकोटकाे राष्कोट नगर कमिटीकाे अध्यक्षमा गाैंकला टमट्टा चयन हुनुभएको छ ।

शुक्रबार सम्पन्न नगर भेलाले ४५ सदस्यीय नगर कमिटी गठन गरेको भएपनि पदाधिकारी चयन प्रक्रिया आज टुंगिएको छ ।

उपाध्यक्षमा कुशा शाही, सचिव ज्याेति सुनार, सहसचिव काेपिला सुनार, काेषाध्यक्ष सरिता टमट्टा लगायत ४५ सदस्यीय कमिटी गठन गरेको नेकपा रास्काेट नगर सेक्रेटरी निर्देशन जानकारी दिनुभएको छ ।

आज बसेकाे पहिलो बैठकले संगठन बिस्तार लाई तिव्रता दिदै प्रत्येक वडा वडा सम्म कमिटी कमिटी निर्माणमा लाग्ने निर्णय गरेको संगठन अध्यक्ष गाैंकला टमट्टाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस