१ फाल्गुन, जुम्ला । नेपाल कम्युनिस्ट पार्टी जुम्लाले २९ औं जनयुद्ध दिवसको अवसरमा दलित विपन्न बालबालिकालाई शैक्षिक सामाग्री सहयोग गरेको छ।
जनयुद्ध दिवसको अवसरमा चन्दननाथ नगरपालिका वडा नम्बर ४ का २३ जना दलित तथा विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै दिवस मनाएको हाे ।
शैक्षिक सामग्री नपाएर शिक्षाबाट काेहि पनि बन्चित हुन नपराेस् भन्दै विपन्न बालबालिकालाई थोरै भएपनि पार्टीको तर्फबाट शैक्षिक सामाग्री सहयोग गरेको नेकपा जुम्लाका सेक्रेटरी सफल सीले बताउनुभयो ।
कार्यक्रममा सहभागीहरूले जनयुद्धका महान सहिदको फाेटाेमा माल्याअर्पण गर्दै सहिदलाई श्रद्धाञ्जली ब्यक्त गरेका थिए ।