जनयुद्ध समाजवादका लागि गरिएको जनताको युद्ध होः रक्तिम सी

१ फागुन, बाँके । नेपाल कम्युनिष्ट पार्टीका पोलिट व्यूरो सदस्य तथा बाँके जिल्ला इन्चार्ज रक्तिम सीले जनयुद्ध भनेको समाजवादका लागि गरिएको जनताको युद्ध भएको बताउनु भएको छ ।
३० औं जनयुद्ध दिवसका अवसरमा नेकपा कोहलपुर नगरकमिटीले आयोजना गरेको शुभकामना आदान प्रदान तथा पसल उद्घाटन कार्यक्रमलाई विहिवार सम्वोधन गर्दै इन्चार्ज रक्तिम सीले जनयुद्ध समाजवादका लागि गरिएको जनताको युद्ध भएको बताउनु भएको हो ।
उहाँले जनयुद्धमा बैज्ञानिक समाजवादका लागि रगत बगेको बताउदै नेपालमा बैज्ञानिक समाजवाद नआएको बताउनु भयो ।
‘नेपालमा बैज्ञानिक समाजवाद आएको छैन, यहाँ गणतन्त्र जनयुद्धकै उपलव्धीले मात्र आएको छ, यो गणतन्त्र पनि दलालहरुको हातमा छ’ उहाँले भन्नु भयो, ‘नेपालमा जनताको गणतन्त्र चाहिएको छ, नेपाली विशेषताको समाजवाद चाहिएको छ, त्यसमा टिकेर नेपालमा बैज्ञानिक समाजवादमा पुग्नु पर्छ ।’

नेता रक्तिमले जनयुद्धमा हजारौं सहिदहरुको बगेको रगत, हजारौ योद्धाहरुको योगदान र लाखौ जनताहरुको त्याग तपस्या र लगानीले नेपालमा गणतन्त्र आएको दावी गर्दै पुँजीवादी गणतन्त्रलाई जनताको गणतन्त्रमा बदल्न वाँकी नै रहेको बताउनु भयो ।
उहाँले जनयुद्ध दिवसको अवसरमा सबैमा शुभकामना दिर्दै जनताको व्यवस्था ल्याउनको लागि फेरी पनि माओवादीहरुको रुपान्तरण सहितको एकता आवश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य शोभा सीले सबैमा जनयुद्ध दिवसको शुभकामना दिर्दै सहिदको रगतले नेपालमा गणतन्त्र आएको जिकिर गर्नु भयो । उहाँले जनयुद्ध सामान्य युद्ध नभई जनताको न्यायपूर्ण ठुलो युद्ध भएको बताउनु भयो ।

जनयुद्धको शुभकामना आदान प्रदान कार्यक्रमसगै सहिद सरोजा गरीको वहिनी झरना गिरी शाहीले संचालन गरेको झरना कस्मेटिक पसलको रिवन काटेर सहिद पत्नी तथा नेकपाका केन्द्रीय सदस्य शोभा सीले उद्घाटन पनि गर्नु भयो । उहाँले ३० औं जनयुद्ध दिवसका अवसरमा ३० वटा मैनबत्ति बालेर जनयुद्धलाई सम्झिनु भयो ।
कार्यक्रममा सहभागी सबैले एक आपसमा अविर आवरण गर्दै मिठाई तथा फलफुल खार्दै जनयुद्ध दिवस उत्साहका साथ मनाएका थिए ।
कार्यक्रम नेकपा नगर कमिटी सेक्रेटरी आस्मा सीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस