प्रकाण्डलाई फोईका स्थानीयले गरे ‘बाजागाजाले भव्य स्वागत’

१ फागुन, कालिकोट । नेकपा (माओवादी)का प्रवक्ता तथा प्रत्यक्षतर्फबाट उम्मेदवार खड्गबहादुर विश्वकर्मा(प्रकाण्ड)लाई फोईका स्थानीय जनताले विहिवार वाजा बजाएर भव्य स्वागत गरेका छन ।
चुनाबी अभियानका क्रममा फोई पुग्नु भएका प्रकाण्डलाई दमाह बजाउदै,नाचगान गर्दै फुलमाला,अविर र खादा लगाएर स्थानीयले भव्य स्वागत गरेका हुन ।
स्थानीयले जनताको वास्तविक नेता आफ्नो घरदैलोमा पुगेको भन्दै स्वागत गरिएको बताएका छन । स्थानीय जनताले र्याली बाजा गाजाले स्वागत मात्र होईन भोट के मा गुलाफमा भन्दै नारा समेत लगाएका थिए ।
नेपाली जनताको मुक्तिको लागि कालिकोटमा जनयुद्धको सुरुवात गर्ने नेता प्रकाण्ड नै हुनुहुन्छ । उहाँ २०६४ सालमा पहिलो संविधान सभा चुनावमा विजयी हुनु भएको थियो । जनताको संविधान बनाउने लडाईमा निरन्तर संघर्ष गर्ने जनताको नेता प्रकाण्ड जनताको संविधान नबनाउने षड्यन्त्र भएपछि सडक संघर्षमा रहनु भएको थियो ।
अहिले १८ बर्षपछि चुनावमा फर्किनु भएका प्रकाण्ड उम्मेदवार बनेर गाउँमा पुगेपछि स्थानीय हर्षित हुदै भव्य स्वागत गरेका हुन ।
आफ्नो प्रतिनिधित्व गर्ने नेता विगतका चुनावहरुमा नहुदा बाध्यताले भ्रष्ट र दलालहरुलाई भोट हाल्नुपर्ने अवस्था भएको भन्दै अब प्रकाण्ड चुनावमा आउनुले त्यो अन्त्य भएको बताएका थिए ।
स्थानीय जनताले केन्द्रमा विप्लव र कालिकोट र कर्णालीमा वास्तविक माओवादी प्रकाण्डमात्र रहेको भन्दै प्रचण्डहरुले माओवादी छोडेर जनतालाई धोका दिएको बताएका थिए । प्रकाण्डलाई यो चुनावमा भारी मत दिएर विजय गराउने पनि स्थानीयले प्रतिबद्धता जनाएका छन ।

प्रतिक्रिया दिनुहोस