१ फागुन,कालिकोट । नेकपा (माओवादी)का प्रवक्ता प्रकाण्डप्रति जिल्लाभर जनआक्रषर्ण बढेको छ । उहाँप्रति जनआकर्षण बढेपछि इमान्दार दलितहरुलाई प्रकाण्डविरुद्ध प्रयोग गर्ने षड्यन्त्र सुरु भएको छ । नेपाली कम्युनिष्ट पार्टीका नेता तथा उम्मेदवार महेन्द्रबहादुर शाहीले आफ्नै पार्टीभित्रका केही इमान्दार दलित कार्यकर्ताहरुलाई प्रकाण्ड विरुद्ध योजनाबद्ध बोल्न लगाएको खुलासा भएको छ ।
नेपाली कम्युनिष्ट पार्टीभित्रैकै केही दलित नेताहरुले दवाव र वाध्यताले महेन्द्रले प्रकाण्ड विरुद्ध बोल्न लगाएको खुलासा गरेका छन ।
एक दलित नेताले नाम नभन्ने शर्तमा आफु हार्ने भएपछि दलित विरुद्ध दलित लगाएर कमजोर बनााउने रणनीति महेन्द्रले बनाएको बताएका छन ।
जिल्लाभर दलित समुदाय र गैरदलित समुदायमा प्रकाण्डप्रति उत्साह र आकर्षण बढेपछि महेन्द्रले त्यसलाई कमजोर पार्ने यस्तो षड्यन्त्र गरेको उनको दाबी छ ।
केही दिन अघि रास्कोटमा आयोजना गरिएको दलित कार्यकर्ताहरुको कार्यक्रममा विकल्प, दैलेखी लगायतका नेताहरुले प्रकाण्ड विरुद्ध भ्रमपूर्ण अभिव्यक्ति बोलेका थिए ।
यो कार्यक्रमबाट प्रकाण्डविरुद्ध भ्रम फैलाउन विकल्प,दैलेखी र दिनेश चदाँरा लगायतको नेतृत्वमा समिति समेत बनेको एक श्रोतले बताएको छ ।
दलित समुदायहरुले भने एकका विरुद्ध अर्को नजान सुझाव दिएका छन । सिंगो कर्णाली र कालिकोटमा जनयुद्धको स्थापना गर्ने नेता,निरन्तर संघर्ष गरिरहेका नेता, दुई दुई भाई गुमाएका सहिद परिवार समेत रहनु भएका प्रकाण्डप्रति केही स्वार्थ समुहको दवावमा परेर दलित विरोधी गतिविधि नगर्न दलित समुदायले आग्रह गरेका छन ।