नेकपा (माओवादी)ले देशभर जनयुद्ध दिवस मनाईदै

१ फागुन,कालिकोट । नेकपा (माओवादी)ले आज देशभर ३१ औ जनयुद्ध दिवस मनाउदैछ ।
नेकपा (माओवादी)ले शुभकामना आदान प्रदान कार्यक्रम, विचार गोष्ठी लगायतक विभिन्न कार्यक्रमहरु राखेर मनाउदै छ । तत्कालिन नेकपा माओवादीले २०५२ साल फागुन १ गते सामन्ती राज्य व्यवस्थाबाट जनतालाई मुक्त गर्न जनयुद्धको सुरु गरेको थियो ।
१० बर्षसम्म जनयुद्धले सामन्ती राजतन्त्रात्मक सत्ताको जरा हल्लाउदै अन्त्य गर्नेसम्म महत्वपूर्ण भूमिका खेलेको थियो ।
जनयुद्धका क्रममा राज्य र माआवादी तर्फ गरि करिव १७ हजार नेपालीहरुले बलिदान गरेका छन । जनयुद्धले जनवादी राज्यसता, हुदै समाजवाद र साम्यवादको लक्ष्य लिएको थियो ।
तर संसदवादी दलसंगको १२ बुँदे सहमति पछि माओवादी २०६२,६३ सालको दोस्रो जनआन्दोलनमा सहभागी भयो ।
राजतन्त्रको अन्त्य गरी गणतन्त्रसम्म देशलाई माओवादी र संसदवादी दलहरु मिलेर ल्याए । तर गणतन्त्र जनताको हुन नसक्दा दलाल पुँजीपतिवर्गको हातमा पुगेको छ ।
जनताले फेरी पनि उत्पीडत खेपिरहनु परेको छ । जनताको संविधान गणतन्त्र नहुदा जेनजी आन्दोलन हुन पुग्यो । जेनजी आन्दोेलनले पुराना ठुला भनिने दलहरुलाई पछारेको छ । विप्लव नेतृत्वको माओवादी जनताका मुद्धा बोकेर चुनावी मैदानमा समेत पहिलो पटक सहभागी भईरहेको छ । यसले चुनावी प्रचार र अभियानका क्रममै जनयुद्ध दिवसलाई मनाउदै छ ।

प्रतिक्रिया दिनुहोस