१ फागुन, कालिकोट । नेकपा माओवादीको कालिकोटबाट समानुपातिक उम्मेदवार रहनु भएकी धिरिन्द्रा उपाध्याय (भृकुटी)ले सहिद परिवारको हातबाट टिका लगाएर जनयुद्ध दिवस मनाउनु भएको छ ।
शुक्रवार रास्कोट नगरपालिका वडानम्वर १ लहरेलका सहिद संघर्षको आमा बुवाको हातबाट टिका लगाएर नेतृ भृकुटीले ३१ औ जनयुद्ध दिवसको शुभकामना दिदै जनयुद्ध दिवस मनाउनु भएको हो ।
नेतृ भृकुटीले जनयुद्ध र सहिदको सपना अझै पुरा नभएको भन्दै सपना पुरा गरेर छोड्ने प्रतिबद्धता जनाउनु भएको छ ।
‘सहिदहरु हामी सबैका साझा हुन, उनीहरुको सपनामाथि वावुराम प्रचण्डहरुले धोका दिए, माओवादी र जनयुद्धकै पहिचान मेटाए, जनयुद्धलाई अलपत्र पारे,यसका विरुद्ध विप्लवको नेतृत्वमा माओवादी पार्टी बनेको छ, एकपटक सहिद परिवारहरुले साथ दिनु होला’ नेतृ भृकुटीले भन्नु भयो ।

सो अवसरमा सहिद परिवारले जनयुद्ध र सहिदको सपना पुरा गर्ने पार्टी बन्न सुझाव दिदै प्रचण्ड वावुराम जस्तो नहुन ध्यानाकर्षण गराएका छन ।
यसैविच विहिवार रास्कोट नगरपालिका वडा नम्वर ९का सहिद प्रकासको घरमा पनि समानुपातिक उम्मेदवार भृकुटीले भेटघाट गर्नु भएको छ । उहाँले सहिदहरुको सपना पुरा नभएको भन्दै पुरा गर्ने बाटोमा रहेको बताउनु भयो । सहिद प्रकासका दाजु दिलबहादुर बुढथापाले पार्टीले सहिदको सपना पुरा गर्न सुझाव दिनु भएको थियो ।
