१ फागुन, कालिकोट । नेकपा माओवादी कालिकोटले नरहरीनाथ गाउँ कमिटीका सदस्य ५५ बर्षिय जंगबहादुर विकको २०८२ साल माघ २९ गते दिउसो १२ बजे असामयिक निधन भएको खवरले पार्टी स्तव्ध भएको जनाएको छ ।
नेकपा माओवादी कालिकोटका जिल्ला इन्चार्ज विवेक सी र सेक्रेटरी बलवान सीले शुक्रवार एक शोक वक्तव्य जारी गर्दै ५५ बर्षिय जंगबहादुर विकको २०८२ साल माघ २९ गते दिउसो १२ बजे असामयिक निधन भएको खवरले पार्टी स्तव्ध भएको जनाउनु भएको हो ।
नेकपा माओवादीले उहाँको निधनप्रति गहिरो दुख व्यक्त गर्दै पार्टीको तर्फबाट हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ ।
पार्टीले शोकमा परेका घरपरिवारका सदस्यहरुमा धर्यधारणको कामना गर्दै गहिरो समवेदना व्यक्त गरेको छ ।
शोक वक्तव्यमा लेखिएको छ ‘कमरेड जंगबहादुरको निधनले सिंगो पार्टीलाई अपूरणीय क्षति भएको छ । उहाँले माओवादी जनयुद्ध र एकीकृत जनक्रान्तिमा पुर्याउनु भएको योगदानलाई पार्टीको तर्फबाट उच्च सम्मान गर्दछौ ।’
माओवादीले जंगबहादुरको अधुरो सपना पुरा गर्ने पार्टीको तर्फबाट प्रतिबद्धता समेत व्यक्त गरेको छ ।
शोक वक्तव्यको पूर्णपाठ
