जनयुद्ध दिवसमा ब्यानर च्याता च्यात

फागुन १, कालिकाेट । तत्कालिन नेकपा माओवादीले २०५२ सालमा सशस्त्र युद्ध सुरु गरेको दिनलाई जनयुद्ध दिवसका रुपमा मनाउँदै आएको थियो । तर, माओवादी र तत्कालिन नेकपा एमाले एक भएपछि उक्त दिवस मनाउने विषयमा विवाद हुदा अनेरास्ववियु कालिकोटले ब्यानर च्याता च्यात गरेको छ ।

तत्कालिन माओवादीका विद्यार्थी नेताहरु जनयुद्ध दिवस मनाउने पक्षममा थिए भने तत्कालिन एमालेका विद्यार्थी नेताहरु उक्त दिवस नमनाउने पक्षमा थिए । तर पूर्व माओवादीका विद्यार्थीले जनयुद्ध दिवस मनाउन खोजेपछि ब्यानर च्याता च्यात भएको हो ।

पूर्व एमालेका विद्यार्थीहरु जनयुद्ध दिवस मनाउने पक्षमा थिएनन् । तर जनयुद्धको अगाडि जनआन्दोलन शब्द राखेर दिवस मनाउने समझदारी बनेको थियो ।

तर ब्यानरमा २५ औं जनयुद्व तथा जनआन्दोलन दिबस राखेको विषयलाई लिएर पूर्व एमालेका विद्यार्थीहरु २५ औं जनयुद्ध दिवस हटाउनु पर्ने भन्दै ब्यानर च्याता च्यात गरेका हुन ।

पार्टी अध्यक्ष धनजित शाही , नेकपा नेता रमेश शाही, कृष्ण आर्चाय लगायतको सहमतिमा दिवस मनाउने भएको हो । तर २५ औं जनयुद्ध दिवस शब्दलाई हटाई, जनयुद्ध तथा जनआन्दोलन शब्द राखेर दिवस मनाउने समझदारी बने पछि उक्त दिवस मनाएको हो ।

त्यसो त दुई पार्टीबीच एकताको क्रममा पार्टीको प्रस्तावनामा जनयुद्ध शब्द राख्ने विषयमै विवाद भएको थियो । सुरुवातमा जनयुद्धको स्थानमा जनक्रान्ति शब्द राख्न प्रस्ताव गरेको एमाले पछि हटेको थियो ।

प्रतिक्रिया दिनुहोस