नेकपा कालिकोटले यसरी मनायो जनयुद्ध दिवस

फाल्गुन १, कालिकाेट । नेकपा कालिकोट ले २५ औं जनयुद्द दिबसलाई विभिन्न रचनात्मक कार्यक्रम गरेर मनाएकाे छ ।

जिल्लाको लालु, माल्कोट, रुप्सा, मेहेलमुडी, मुम्रा, सिप्खमना, बदालकोट, खिन, भर्ता, चिलखाया र छाप्रेमा विभिन्न कार्यक्रम गरि जनयुद्द दिबस मनाएकाे नेकपा कालिकोटले जनाएको छ ।

एरिया नम्बर ४ मा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमलाई संबोधन गर्दै जिल्ला सेक्रेटरी रणदिपले जनयुद्दमा धोका दिएकै कारण प्रचण्ड बाबुरामका काँछिया मामाका भैँसा काहाल्यो खरक भएको ठोकुवा गर्नु भयो ।

यही पापले नत पार्टी रहयो नत चुनाव चिन्ह हसिया हतौडा नत नया शक्ति नत चुनाव चिन्ह राको अझै नसच्चिए यो भन्दा झन हालत ब्यवहर्नु पर्ने ठोकुवा गर्नु भयो ।

सेक्रेटरी रणदिपले माओवादी सबै एक ठाउमा नआई पुर्ण मुक्ती आन्दोलन सफल नहुने ठोकुवा गर्दै ईमान्दार माओवादी कमरेडहरुलाई दलालहरुका बिरुद्द बिद्रोह गर्न समेत अपिल गर्नु भयो ।

यस्तै यरिया नम्बर ५ मा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमलाई संबोधन गर्दै दलित मुक्ति मोर्चाका भेरि कर्णाली ब्युरो संयोजक पदम बिश्वक्रर्माले जनयुद्द लडाएर बिचैमा प्रचण्ड ले धोका दिएको तर आफ्नो पार्टी ले एकीकृत जनक्रान्ती मार्फत पूरा गरिछाड्ने बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस