नेतृत्व भित्र विचलन र गद्दारीका कारण जनयुद्ध र क्रान्तिले धक्का खायोः मोहन वैद्य

वीर अमर सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण

फाल्गुन १, पोखरा । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य “किरण”ले क्रान्तिले धोका खाए पनि  क्रा’न्तिको प्रकिया भने समाप्त नभएको बताउनु भएकाे छ ।

जनयुद्ध भएको २५ वर्षमा प्रवेश गरेको अवसरमा शुभकामना सन्देश दिँदै आफ्नो पार्टीले नेपाली तथा विश्व सर्वहारा क्रान्तिका सकारात्मक तथा नकारात्मक अनुभवहरुबाट सिक्दै र माक्र्सवाद–लेनिनवाद–माओवादलाई नेपाली विशेषतामा सिर्जनात्मक ढङ्गले लागु गर्दै नेपाली नयाँ जनवादी क्रा’न्तिको तयारीमा जुटेको बताउनु भयाे ।

माओवादी आन्दोलनभित्रै मूल नेतृत्वमा पैदा भएको नवसंशोधनवादी विचलन र गद्दारीका कारण अहिले जनयुद्ध र क्रान्तिको प्रक्रियाले गम्भीर धक्का खान पुगेको वैद्यको भनाइ थियाे । ‘दश वर्षको महान जनयुद्ध, झापा विद्रोह र विभिन्न जनआन्दोलमा जनताले बगाएको रगतको आहालमा टेकेर सरकारमा पुगेका नेताहरुले आज घरेलु प्रतिक्रियावादी सत्ताको नेतृत्व गर्दै साम्राज्यवाद र विस्तारवादको दलाली गरिरहेका छन्,’ वैद्यको आरोप छ ।

तत्कालीन नेकपा (माओवादी)को नेतृत्वमा ०५२ फागुन १ गते सुरु गरेको थियो । अहिले पच्चिसौँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा नेकपा (क्रान्तिकारी माओवादी) देशभर जनयुद्ध दिवश मनाउन गइरहेको छ ।

पार्टीले जनयुद्धको प्रक्रियामा सहादत प्राप्त गर्ने वीर अमर सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ, वेपत्ता र घाइते तथा अपाङ्ग यो’द्धाहरु प्रति हार्दिक सम्मान व्यक्त गरेको छ ।

जनयुद्धको पच्चिसौँ वार्षिकोत्सवको उपलक्षमा हाम्रो पार्टी विभिन्न समूहमा छरिएर रहेका क्रान्तिकारीहरुलाई क्रान्तिको प्रक्रियामा गोलबन्द भइ अगाडि बढ्न आह्वान पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस