जनयुद्ध दिवस कालिकोटमा पनि भव्य रुपमा मनाईयो

जनयुद्धको औचित्य सकिएको छैन ः विराट

१ फागुन,कालिकोट । विप्लव नेतृत्वको नेकपाले कालिकोटमा २७ औं जनयुद्ध दिवस विविध कार्यक्रम गरी जिल्लाभर भव्यताका साथ मनाइएको छ ।

नेकपाले जिल्लाभर विकेन्द्रीत रुपमा नगरपालिका र गाउँपालिका स्तरमा जनयुद्ध दिवस मनाएको जनाएको छ । जिल्लाको माल्कोट,रास्कोट,पचालझरना, खाडाचक्र,तिलागुफा लगायतका ठाउँहरुमा विभिन्न कार्यक्रम गरी जनयुद्ध दिवस मनाईएको छ ।

नेकपाले रास्कोट नगर कमिटीको आयोजनामा रास्कोट नगरपालिकामा सवै भन्दा वढी सहिद भएको ठाउँ वडा नं ९ चुत्रिकोटमा जनयुद्ध दिवस भव्य रुपमा मनाएको छ ।

नगर कमिटी इन्चार्ज बिशाखर जैसी (किरण) को अध्यक्षमा भएको औपचारिक कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा जुम्ला ÷ कालिकोट जिल्ला इन्चार्ज कर्ण भन्डारी (बिराट) को प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख अथिति विराटले २७ औ जनयुद्ध दिवसको अवसरमा शुभकामना दिदै जनयुद्धको औचित्य प्रचण्ड वावुरामहरुले सकेपनि आफ्नो पार्टीले नसकेको वताउनु भयो ।

उहाँले जनयुद्धका घाईते,अपाङ्ग र जनयुद्धमा साथ दिने जनताको उच्च सम्मान गर्दै सहिद परिवार,वेपक्ता परिवारहरुलाई निरास नहुदा आग्रह गर्दै समवेदना व्यक्त गर्नु भयो ।

नेता विराटले आफ्नो पार्टीले सहिदको सपना पुरा गरी छोड्ने प्रतिवद्धता समेत सहिद परिवार अगाडि व्यक्त गर्नु भयो । कार्यक्रममा सहभागी सवैलाई जनयुद्धको २७ औं वार्षिकोत्सवको शुभकामना दिदै उहाँले दलाल संससदीय व्यवस्थाले जनयुद्धको सपना पुरा नहुने र त्यसको लागि वैज्ञानिक समाजवादी व्यवस्था चाहिने वताउनु भयो ।

उहाँले राष्ट्रिय स्वाधीनता माथि माओवादी भन्ने एकथरी प्रचण्डहरुले नै खेलवाड गरेको र अमेरिकालाई एमसीसी पास गराउने प्रतिवद्धता सहितको गोप्य पत्र पठाएर राष्ट्रघात गरेको वताउनु भयो ।

कार्यक्रममा जनयुद्धमा योगदान पुर्याउने घाइते टन टमट्टा, उमेश खड्का, वृद्ध कम्युनिस्ट नेता राजन रोकाय, संघर्ष दर्जी, मिना तिरूवा, सेती महतारा लागायत लाई प्रमुख अतिथि विराटले दोसल्लाह ओडाएर सम्मान गर्नु भयो ।

कार्यक्रममा अतिथिको रुपमा साधारण साखा सेक्रेटरी नेत्रराज वराल (भुकम्प) एकीकृत जनक्रान्तिका घाइते टन टमट्टा, जनयुद्ध घाइते उमेश खड्का, महान सहिदका आफन्तजन, लामो समय सम्म कम्युनिस्ट आन्दोनमा लागेका बुढा पाखा राजन रोकाय, संघर्ष दर्जी, मिना तिरूवा, सेती महतारा लगायत रहनु भएको थियो । कार्यक्रमको संन्चालन नगर कमिटी सचिव निर्देशनले गर्नु भएको थियोे ।

यसैविच नेकपा पचालझरना गाउँ कमिटीको आयोजनामा जनसमुदायको सहभागीतामा एक औपचारिक कार्यक्रमको आयोजना गरी जनयुद्ध दिवस मनाइएको छ ।

गाउँ कमिटि सेक्रेटरी तखत को सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेकपा जिल्ला सदस्य शाहासी को प्रमुख अतिथ्यमा रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि साहसीले जनयुद्ध दिवस मनाइ रहदा जनयुद्धको सपना पुरा गर्ने पार्टी अवको एकमात्र विप्लव नेतृत्वको नेकपा भएको दावी गर्नु भयो ।

उहाँले प्रचण्ड वावुरामहरुले जनयुद्ध प्रति घात गरेर आत्मसमपर्ण गरेको भन्दै उनीहरुको धोका गद्वारी विरुद्ध क्रान्तिको झण्डा नेकपाले उठाएको वताउनु भयो ।

नेता साहसीले अहिले पनि प्रचण्ड वावुरामहरु जनतालाई थप धोका दिन राष्ट्रघाती ,जनघाती एमसीसी जस्तो परियोजना संसदवाट अनुमोदन गराउने तिर लागेको आरोप लगाउनु भयो ।

उहाँले दलाल संसदीय व्यवस्थाको संरक्षण गर्ने प्रचण्ड वावुरामहरु जनयुद्धमा सामेल नभई धनयुद्वमा सामेल भएको पुष्टि भएको वताउनु भयो ।
गाउँ कमिटी ईन्चार्ज दलमानले देश र जनताको मुक्तिको प्रतिनिधित्व गर्ने नेपाल कम्युनिष्ट पार्टी भएको भन्दै यसलाई साथ दिन जनतालाई अपिल गर्नु भयो । कार्यक्रममा शुभकामना आदान प्रदान समेत गरिएको थियो ।

कार्यक्रममा गाँउ कमिटि ईन्चार्ज दिलमान ,युवा संगठन नेपाल जुम्ला कालिकोट ईन्चार्ज मिनेश लगायतका अतिथिहरुको पनि सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस