१ फागनु, अछाम । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र प्रचण्डको नेकपा माओवादी केन्द्रले अछाममा संयुक्त रुपमा २७ औ जनयुद्ध दिवस मनाएका छन । जिल्लाको ढकारी बजारमा नेपाल कम्युनिष्ट पार्टी संगै नेकपा माओवादी केन्द्रले पनि जनयुद्ध दिवस मनाएको हो ।
जनयुद्ध दिवसको कार्यक्रममा विभिन्न सांस्कृतिक झाँकीहरु प्रस्तुत गरिएका थिए । जनवादी साँस्कृति झाँकीहरु प्रस्तुत गर्दै जनयुद्धको सपना पुरा नभएको सन्देश दिएको थियो ।
देशभर माओवादी घटकहरुले अगल अगल रुपमा जनयुद्ध दिवस मनाइरहदा अछाममा भने संगै मनाइनु सकरात्मक भएको जनताहरुले प्रतिक्रिया दिएका छन ।
तत्कालिन नेकपा (माओवादी) ले २०५२ साल फागुन १ गते जनयुद्ध सुरु गरेको दिनको सम्झनामा हरेक बर्ष फागुन १ गते जनयुद्ध दिवस मनाउने गरिन्छ ।
२७ औं जनयुद्ध दिवस कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी अछामका सचिव तपेन्द्र तिमिल्सिनाले जनयुद्ध दिवसको अवसरमा सबै सर्बहारा श्रमजीवी जनता र क्रान्तिकारी शक्तिहरुलाई शुभकामना दिनु भयो ।
उहाँले महान दसवर्षे जनयुद्धका सहिद बेपत्ता र घाइते योद्धा प्रति उच्च सम्मान व्यक्त गर्दै जनयुद्धको बास्तविक उद्देश्य पुरा भइ नसकेकोले सहिदहरुको सपना पुरा गर्न नेकपा लागि रहेको वताउनु भयो ।
नेता तिमिल्सेनाले सामन्तबादलाई घुँडा टेकाउने जनयुद्धले ९० प्रतिशत भुभाग कब्जा गरेको अवस्थामा माओबादी पार्टी विभाजन हुने अवस्थामा पुरयाउनु भनेको जनमुक्ति सेनालाई बिघटन गरी नेपाली श्रमजीवी जनता माथि ठुलो घात गर्नु रहेको वताउनु भयो ।
उहाँले जनयुद्धको उदेश्यलाई पुरागर्न र उपलब्धिलाई संस्थागत गर्न एकपटक सम्पुर्ण देशभक्त क्रान्तिकारी एक भएर संघर्ष गर्नु पर्ने औल्याउनु भयो । उहाँले रास्ट्रघाती एम सी सी सम्झौता को विषयमा भण्डाफोर समेत गर्नु भयो ।
कार्यक्रमा नेकपा माओवादी केन्द्रका ढकारी गाउँपालिका अध्यक्ष निर्प थापाले महान १० वर्ष जनयुद्ध वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाका लागि भएको तर पार्टी नेतृत्व सम्झौतामा फस्दा यो समस्या आएको स्वीकार गर्नु भयो ।
कार्यक्रमा नेपाल कम्युनिष्ट पार्टी अछामका सचिवालय सदस्य लोकेन्द्र शाही, नेकपा अछामका सचिवालय सदस्य विज्ञान, नेकपा माओवादी केन्द्रका नेता तुलाराम उपाध्याय लगायतका अतिथिको उपस्थिति रहेको थियो ।
कार्यक्रमको संचालन नेपाल कम्युनिष्ट पार्टी जिल्ला संगठन समिति सचिवालय सदस्य निरक शाहीले गर्नु भएको थियो ।