२८ औं जनयुद्ध दिवसको सबैमा शुभकामना, सामन्तवादलाई अन्त्य गरेपनि जनयुद्धको लक्ष्य पुरा नभएको विप्लवको धारणा

१ फाल्गुन, काठमाडौँः नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले २८ औं जनयुद्ध दिवसको अवसरमा सवै नेपालीहरुमा शुभकामना व्यक्त गर्नु भएको छ ।

उहाँले जनयुद्ध दिवसको अवसरमा नेपालले अहिले सामना गरिरहेको आर्थिक, राजनीतिक संकटको उचित निकास दिन देशका सम्पुर्ण वामपन्थी, कम्युनिस्ट, देशभक्त र लोकतान्त्रिक शक्तिहरु एक हुनुपर्ने विचार समेत व्यक्त गर्नु भएको छ ।

जनयुद्धको २८ औं वार्षिकोत्सवको अवसरमा सोमवार एक प्रेस विज्ञप्ती जारी गर्दै महासचिव विप्लवले सामन्तवाद र साम्राज्यवादको उत्पीडनबाट देशलाई मुक्त गरि जनवाद, समाजवाद र साम्यवादको लक्ष्यसहित शुरु गरिएको जनयुद्ध पुरा नभएको धारणा समेत व्यक्त गर्नु भएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले जनयुद्धले सामन्तवादबाट मुक्त गरेको तर नयाँ जनवाद हुँदै समाजवादमा अगाडि बढ्ने क्रममा भुमण्डलीकृत पूँजीवाद, दलाल पूँजीवाद र संशोधनवादको षडयन्त्रका कारण आफ्नो त्यो लक्ष्य हासिल हुन नसकेको वताउनु भएको छ । उहाँले जारी गरेको विज्ञप्तीमा भन्नु भएको छ “जनयुद्धले हामीलाई सामन्तवादबाट मुक्त गर्यो, किसान, मजदुर, महिला, श्रमिक समुदाय, जनजाति, मधेसी, आर्य, मुस्लिम, सबैलाई एकताबद्ध गरेर विद्रोहमा परिचालित ग¥यो र एक स्तरको मुक्ति दिलायो ।”

महासचिव विप्लवले जनयुद्ध दिवसको अवसरमा दिएको शुभकामना सन्देशमा शहिदहरुप्रति श्रद्धाञ्जली, व्यक्त गर्दै बेपत्ता योद्धाहरुप्रति स्मरण गर्नु भएको छ । उहाँले घाइतेहरु योद्धाहरु प्रति उच्च सम्मान र बन्दीहरुको रिहाइको माग पनि गर्नु भएको छ ।

शुभकामना विज्ञप्तिमा भन्नु भएको छ “जनयुद्ध दिवस नेपाली श्रमिक जनताको गौरवपूर्ण पर्व हो । यस सुखद अवसरमा हामी हजारौं–हजार शहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ । साथै बेपत्ता योद्दाहरुप्रति स्मरण र सम्मान व्यक्त गर्दछौँ । सम्पूर्ण घाइतेहरूलाई सम्मान र अभिवादन गर्दछौँ । आदरणीय शहिद परिवारप्रति भावपूर्ण समवेदना व्यक्त गर्दछौँ । बन्दी कमरेडहरुलाई सम्मान गर्दै यथाशीघ्र मुक्त गर्न माग गर्दछौँ । जनयुद्ध दिवसको अवसरमा सम्पूर्ण श्रमिक जनता, नेता कार्यकर्ताका बीचमा शुभकामना व्यक्त गर्न चाहन्छु ।”

विज्ञप्तिको पूर्णपाठ

प्रतिक्रिया दिनुहोस