१ फाल्गुन,बाँके । नेपाल कम्युनिष्ट पार्टी बाँकेले जनयुद्ध दिवस भव्य रुपमा मनाएको छ । वि.स.२०५२ साल फागुन १ गते आजैको दिन तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले सामन्तवाद,विस्तारवाद र साम्राज्यवादको सबै खाले शोषण,दमन र उत्पीडनबाट समाजलाई मुक्त गरी सर्वहारावर्गीय सत्ता जनवाद,वैज्ञानिक समाजवाद हुदै साम्यवाद स्थापना गर्ने उद्देश्यले जनयुद्ध सुरु गरेको थियो ।
सोही दिनको सम्झना स्वरुप नेकपाले कोहलपुर चौराहवाट र्लाली निकालि लोकनगर स्थित प्लान स्कुलमा सभामा परिणत गरेको थियो ।
सभालाई नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य रणदिपले सम्वोधन गर्दै व्यवस्था परिवर्तन विना जनताको जनजीविकामा परिवर्तन नहुने वताउनु भयो ।
उहाँले लघुवित्त र वैङ्कहरुले जनता र व्यवसायीकर्मीहरुलाई आत्महत्या गर्ने अवस्थामा पुर्याउने गरी सताएको भन्दै त्यस विरुद्ध नेकपा संघर्ष गर्ने चेतावनी दिनु भयो ।
उहाँले जनयुद्ध भनेको जनताको आमुल परिवर्तनका लागि सुरु गरिएको भएपनि प्रचण्ड वावुरामहरुले गद्दारी गरेर जनयुद्धलाई विचमै तुहाएको वताउनु भयो ।
केन्द्रीय सदस्य रणदिपले जनयुद्ध नेपालमा एकीकृत जनक्रान्तिको रुपमा अहिले पनि जारी रहेको उद्घोष गर्दै नेपालमा एकीकृत जनक्रान्ति पुरा गरेर जनयुद्धको सपना नेपाल कम्युनिष्ट पार्टीले मात्र पुरा गर्ने दावी गर्नु भयो ।
उहाँले कार्यक्रममा सहभागी सवैलाई २८ औं जनयुद्ध दिवसको शुभकामना दिदै जनतालाई विचलित नहुन आग्रह गर्नु भयो ।
कार्यक्रममा अनेमसंघ (क्रान्तिकारी) का केन्द्रीय सदस्य पूर्णीमा, अनेरास्ववियू (क्रान्तिकारी)का केन्द्रीय सदस्य रुपा शाही, जनपत्रकार संगठनका केन्द्रीय सचिव वसन्त विक, लगायतका अतिथिहरुको सहभागीता रहेको थियो । कार्यक्रम नेकपा बाँके सेक्रेटरी कल्पनाको अध्यक्षतामा भएको थियो ।
शुभकामना आदान प्रदान कार्यक्रममा स्वतन्त्र वुद्धिजीवी कोहलपुर २ शक्तिनगरका जगन्नाथ विष्ट नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश समेत गर्नु भएको थियो ।
यस्तै नेकपा बाँकेले जनयुद्ध दिवसका अवसरमा साझ ६ वजेतिर कोहलपुरको चौराहमा दिप प्रज्वलन गर्ने समेत जनाएको छ ।
प्रतिक्रिया दिनुहोस