कालिकोटमा युवाहरुको झगडामा खुुकुरी प्रहार हुदा १ को मृत्यु, १ घाईते

२९ फागुन, कालिकोट । जिल्लाको खाँडाचक्र नगरपालिका वडा नम्वर १० चौकीमा युवाहरुको झगडामा खुकुरी प्रहार हुदा एक जना किशोरको मृत्यु भएको छ भने एक जना घाईते भएका छन ।
बुधवार राति हस्तबहादुर मल्लको नयाँ घरको पुजामा गएका युवाहरु बिच भएको झगडाले उग्ररुपलिदा खुकुरी प्रहारबाट तिलागुफा नगरपालिका–७ छाप्रेका १७ वर्षीय किशोर राजेश शाहीको मृत्यु भएको हो । घटनामा १६ वर्षीय किशोर भूपेन्द्र शाही घाइते भएका छन ।
जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी कृष्ण केसीका अनुसार घटनाको वारे विस्तृत अनुसन्धान भईरहेको र घटनामा संलग्नहरुलाई पक्राउ गरिसकिएको छ ।
नातेदारको घरमा रमाइलो हेर्न आएका किशोरहरूबीच झगडा हुँदा खुकुरी प्रहार भएको प्रहरीले बताएको छ ।
घटना भएको ठाउँ सदरमुकाम मान्मबाट ३५ किलोमिटर टाढा हो । घटनावारे जानकारी पाउने वित्तिकै बिहीबार बिहान कालिकोटका प्रहरी प्रमुख डीएसपी टेकबहादुर रावतसहितको टोली घटना स्थल पुगेको थियो ।
घटनामा मृत्यु भएका शाहीको शवलाई पोस्टमार्टमको लागि सदरमुकाम मान्म पुर्याईदै छ ।

प्रतिक्रिया दिनुहोस