२९ असार, काठमाडौं । राष्ट्रपति कार्यालय, शितलनिवासमा प्रवेश गरे पनि शेरबहादुर देउवा सपथ ग्रहण स्थलमा पुग्नु भएको छैन ।
राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा संविधानको धारा उल्लेख नभएको भन्दै उहाले सच्याउन माग गर्नु भएको छ । उहाँले नसच्चिएसम्म सपथ ग्रहण नगर्ने अडान राख्नु भएको छ ।
देउवाको अडानपछि कार्यालयका कर्मचारीहरुले विज्ञप्ति सच्याउन थालेका छन् । शपथ ग्रहण स्थलमा उपराष्ट्रपतिसहित विभिन्न दलका नेता, उच्च पदस्थ सरकारी अधिकारी लगायत भने पुगिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस