अपडेटः नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय समितिको बैठक सुरु

 

२८ साउन,कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको बैठक आजबाट सुरु भएको छ ।

नेकपाको पार्टी केन्द्रीय कार्यालय कपिलवस्तुको शिवगढीमा साढे तीन बजेबाट बैठक सुरु भएको हो । बैठकले समाजवादी मार्चाको थप कार्यक्रम ,पार्टीको आगामी कार्यक्रम र कम्युनिष्टहरु बीचको एकता लगायतका विषयमा शैद्धान्तिक धारणा तय गरी ठोश कार्यक्रम बनाउने आसा गरिएको छ ।

नेकपाको केन्द्रीय समितिको वैठकमा समाजवादी मोर्चा नेपालमा समाजवाद ल्याउने उद्देश्य राखेर बनाएकोे र यसलाई जनता सम्म लैजाने विषयमा छलफल हुनेछ ।

वैठकमा सहभागी हुन देशभरवाट स्थायी समिति,पोलिट व्यूरो,केन्द्रीय सदस्य र वैकल्पीक केन्द्रीय सदस्यहरु गरी गरिव १ सय २६ जना पार्टीका केन्द्रीय नेताहरु वैठकमा सहभागी छन ।

शनिवारवाट सुरु भएको पोलिट व्यूरोको वैठक ढिलो गरी सकिएकाले आज १२ वजेवाट हुने भनिएको केन्द्रीय समितिको वैठक साढे तीनबाट मात्र सुरु भएको नेकपाले जनाएको छ ।

यसअघि केन्द्रीय प्रतिनिधि समिति,स्थायी समिति र पोलिट व्यूरोको बैठकहरु सम्पन्न भईसकेका छन ।

प्रतिक्रिया दिनुहोस