२९ साउन, जुम्ला । तातोपानी गाउँपालिका स्तरीय नागरिक समाज सञ्जालले विभिन्न सामाजिक समस्याको परिचाहन र न्यूनीकरणका लागि ७ बुँदे कार्ययोजना निर्माण गरेको छ। साेमबार सम्पन्न सञ्जालकाे पहिलो बैठकले तातोपानी गाउँपालिकामा सामाजिक समस्याको रूपमा रहेको बालविवाह, बालश्रम, बाल हिंसा र विद्यालयकाे पहुँच बाहिर रहेका र अपांगता भएका बालबालिकाकाे पहिचान परिचाहन र न्यूनीकरणकाे लागि ७ बुँदे वार्षिक कार्ययोजना निर्माण गरेकाे हाे।
बैठकले वार्षिक कार्ययोजना निर्माण गर्दै भाद्र महिनामा बालविवाह न्युनिकरणका लागि अन्तरक्रिया कार्यक्रम गर्ने भएकाे छ। यस्तै विद्यालयकाे पहुँच बाहिर रहेका र अपांगता भएका बालबालिकाकाे पहिचान गर्ने, तथा प्रत्येक महिना घुम्ती बैठक गरिने किर्डाक नेपालका बाल अधिकार शासन तथा बाल संरक्षण परियोजनाका संयोजक प्रकाश शाहीले जानकारी दिए ।
बैठकले नागरिक समाज सञ्जालका सदस्यलाई क्षमता अभिवृद्धिकाे लागि तालिम संचालन गर्ने, शैक्षिक सुधारका लागि तातोपानी गाउँपालिका भित्रका सबै सामुदायिक विद्यालयमा शैक्षिक बहस सञ्चालन गर्ने भएको छ। नागरिक समाज र स्थानीय सरकार बिच अन्तरक्रिया समेत गरिने कार्ययाेजनामा उल्लेख गरिएको छ । यस्तै बैठकले नागरिक समाज सञ्जाल संचालनकाे लागि निर्देशिका समेत तयार पारेको थियो ।