कैलालीको गौरिगंगा दुईका वडा अध्यक्ष साउद माथि भएको कार्बाहीको जिम्मा युवा संगठन नेपालले लियो (विज्ञप्ति सहित)

भदाै २७, कैलाली । नेकपा निकट युवा संगठन नेपाल सेती महाकाली ब्युरोले स्थानियतहका रहेर भ्रष्टाचारी, कमिशनखोरी र ब्यभिचारीहरुमाथि जनकार्वाही गर्ने चेतावनी दिएको छ ।

संगठनको सेती महाकाली ब्युरो इन्चार्ज जिवनका नामबाट बिहिबार जारी एक विज्ञप्तिमा भ्रष्टाचारीहरुलाई कार्बाही गर्ने अभियान स्वरुप कैलाली जिल्लाको गौरिगंगा नगरपालिका वार्ड नम्बर दुईका वडा अध्यक्ष जनकबहादुर साउदलाई जनकार्बाही गरिएको जनाएको छ ।

उक्त विज्ञप्तिमा नेकपा निकट युवा संगठन नेपाल, सेती– महाकाली व्युरो सधैव रास्ट्रघात, जनघात, भ्रष्टाचार, तस्कर, मानव तस्कर र हर क्षेत्रका माफिया र दलालहरुलाई कार्बाही गर्ने बताएको छ । साथै संगठनले देशभक्त, राष्ट्रवादी,रास्ट्रप्रेमी, समाजसेवी , भ्रष्टाचार विरोधी वुद्धिजिवी, कर्मचारी, पत्रकार, मानव अधिकारवादी र सेना प्रहरीले समेत आफुहरुको अभियानमा साथ दिन अपिल गरेको छ ।

विज्ञप्तीको पुर्णपाठ सहितः

 

प्रतिक्रिया दिनुहोस