जनता भन्दा शक्तिशाली दुनियाँमा कोही छैन: प्रवक्ता प्रकाण्ड

२८ भाद्र,काठमाडौ । नेकपाका प्रवक्ता खडग् वहादुर विश्वकर्मा (प्रकाण्ड)ले जनता भन्दा शक्तिशाली दुनियाँमा कोही पनि नभएको वताउनु भएको छ ।

नेकपा ललितपुर जिल्लाको नवौं जिल्ला सम्मेलनको मंगलवार उद्घाटन सत्रलाई सम्वोधन गर्दै प्रवक्ता प्रकाण्डले आफ्नो पार्टीले जनता र राष्ट्रको पक्षमा संघर्ष गर्दै आएकाले कुनै पनि शक्तिले पार्टीलाई हराउन नसक्ने वताउनु भयो ।
उहाँले एकीकृत जनक्रान्तिको सिद्धान्तवाट नेपालमा समाजवादी क्रान्ति पुरा हुने दाबी गर्नु भयो ।

प्रवक्ता प्रकाण्डले जनताको पक्षमा क्रान्तिकारीहरु उभिने हो भने दुनियाँको कुनै पनि तागतले क्रान्तिकारीहरुलाई पराजित गर्न जसक्ने ठोकुवा गर्नु भयो ।
उहाँले संसारमा पूँजीवादी र साम्राज्यवादीहरुले जनताको क्रान्तिलाई कहि पनि रोक्न नसेकेको उदाहरण प्रस्तुत गर्दै नेपालमा पनि आफ्नो पार्टीले लिएको जनताको मुक्तिको लाईन र क्रान्तिलाई रोक्न नसक्ने उद्घोष गर्नु भयो ।
उहाँले भन्नु भयो “बरु पार्टीले लिएको लाईनलाई नेता कार्यकर्ताले वुझन सक्नु पर्छ, जनता संगको सम्वन्ध प्रगाड गर्नु पर्छ, पार्टीको लाईनलाई ठिक ढंगले क्रान्तिकरीहरुले समात्नु सक्नु पर्छ ।”

प्रवक्ता प्रकाण्डले पार्टीले लिने लाईनलाई वुझन नसक्नुले पार्टीमा कहिले काँही भ्रमपैदा हुने गरेको र कञ्चन सुदर्शनहरु सम्म आउदा उनीहरु पनि त्यसको सिकार भएको वताउनु भयो ।
उहाँले पार्टी क्रान्तिकारी विचार र लाईनमा प्रतिवद्ध छ र तपाई नेता कार्यकर्ताहरु पनि पार्टीको क्रान्तिकारी विचार र लाईनमा प्रतिवद्ध हुनुहोस भन्नु भयो । प्रवक्ता प्रकाण्डले नवौं महाधिवेशनमा पार्टी जान लागेको भन्दै यो महाधिवेशनले विश्वक्रान्तिको लागि केही नयाँ विश्लेषण र शश्लेषण गर्ने वताउनु भयो ।

उहाँले नेकपासंग सरकारले गरेको तीन वुँदे सहमति कार्यान्वय नगरेर उल्लंघन गरेको आरोप लगाउनु भयो ।

प्रवक्ता प्रकाण्डले तीन बुँदे विपरित नेकपा महासचिव सहितका नेता कार्यकर्तालाई पक्राउ पुर्जी जारी गरेपछि राजनैतिक स्थितिमा फेरबदल आएको दावी गर्दै नेपालको दलाल पूँजीपति सत्ताको एउटा गिरोर्हले सहमति भाड्न खोजेको आरोप लगाउनु भयो ।

जिल्ला सम्मेलनको वन्दसत्रले ललितको नेतृत्वमा ४५ सदस्सीय जिल्ला समिति निर्वाचित गरेको छ । सम्मेलनले ललितलाई जिल्लाको सेक्रेटरीमा नेतृत्व निर्वाचित गरेको हो । सम्मेलनमा नेकपाका केन्द्रीय सदस्य तथा ललितपुरका जिल्ला इन्चार्ज नविन विश्वकर्मा, नेकपाका केन्द्रीय सदस्य माईला लामा र भक्तपुर जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य सावित्रा दुरा (आशा), युवा संघका अध्यक्ष पाटन जंगली, अनेम संघका महासचिव राजकुमारी, अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाश शाही लगायतले नयाँ निर्वाचित जिल्ला समितिलाई वधाई तथा कार्यकाल सफलताको शुभकामना दिनु भयो ।

प्रतिक्रिया दिनुहोस