२६ असोज,बाँके । नेपाल कम्युष्निट पार्टीका महासचिव विप्लव सी बझाङका भुकम्प पीडितलाई पार्टीको तर्फबाट राहत वितरण गर्न बझाङको यात्रामा लाग्नु भएको छ ।
उहाँ आज नेकपाको केन्द्रीय कार्यालय कपिलवस्तुबाट बझाङको यात्रामा लाग्नु भएको हो ।
उहाँले गत साता बझाङमा गएको भुकम्पले पीडित भएका घरपरिवारहरुलाई असोज २८ गते (पर्सि)राहत वितरण गर्ने कार्यक्रम छ । नेकपा महाकाली व्यूरो आयोजनामा राहत वितरण गर्न लागिएको नेकपाले जनाएको छ ।
भुकम्प पीडितसंगै नेकपाका महासचिव विप्लवले इजरायलमा हमासको कार्वाहीमा परी ज्यान गुमाएका बझाङका एक जना विद्यार्थीको घरमा समेत भेटघाट गरी सान्तवना दिने कार्यक्रम रहेको केन्द्रीय कार्यालय श्रोतले जानकारी दिएको छ ।
यस्तै बझाङको राहत वितरण तथा भेटघाट कार्यक्रम पछि नेकपा महासचिव विप्लवले समाजवादी मोर्चा नेपालले सुदूरपश्चिम प्रदेशको धनगढीमा आयोजना गरेको असोज २९ गतेको सन्देशसभालाई समेत सम्वोधन गर्नु हुने कार्यक्रम छ ।
महासचिव विप्लव सुदूरपूर्वको महत्वपूर्ण भेटघाट तथा यात्रा लगत्तै सुदूर पश्चिमतिरको भेटघाट तथा यात्रामा लाग्नु भएको हो । उहाँको यो दौडधुपलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।