मुगु बस दुर्घटनामा विप्लव नेतृत्वको नेकपा द्धारा दुख व्यक्त

 

२७ असोज, जुम्ला । मुगुमा भएको बस दुर्घटनाको दुखद घटना प्रति विप्लव नेतृत्वको नेकपाले गहिरो दुख व्यक्त गरेको छ । पार्टी महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले एक शोक वक्तव्य जारी गरि घटनाले पार्टी मर्महित भएको जनाउनु भएको छ ।

महासचिव विप्लवले मृतक प्रति श्रद्धान्जली व्यक्त गर्दै घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको काम गर्नुृ भएको छ ।

यस्तै कास्कीमा ८ जनाको ज्यान जाने गरि भएको दुघटना प्रति पनि नेकपाले दुख व्यक्त गर्दै मृतक प्रति श्रद्धान्जली र घाईतेको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
यसैविच विप्लव नेतृत्वको नेकपा मुगु र जुम्लाले छुट्टा छुट्टै शोक वक्तव्य जारी गरि मुगु घटनामा गहिरो दुख व्यक्त गरेका छन ।

नेकपाका मुगु जिल्ला इन्चार्ज संगम, जिल्ला सेक्रेटरी समाज र जुम्ला जिल्ला इन्र्जाज विराट, सेक्रेटरी प्रभाजीतले छुट्टा छुट्टै शोक वक्तव्य जारी गरि ठुलो मानविय क्षेति हुने गरि भएको दुर्घटनाले पार्टी स्तव्ध भएको उल्लेख गर्नु भएको छ ।

शोक वक्तव्यमा दसैको मुखमा भएको यस दुर्घटनाको मुख्य कारण चालकको लाहपर्वाही वाटोको स्तरवृद्धि नहुनु र राज्यको ध्यान नपुग्नु रहेको नेकपाले ठहर गरेको छ ।

दुर्घटनामा ज्यान गुमाउने सवै मृतक प्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दै नेकपाले घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना संगै पीडित परिवारलाई क्षतिपूर्ति दिन सरकार संग माग गरेको छ ।

मंगलवार मात्र नेपालगञ्जबाट मुगुको सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस मुगुको छायानाथ रारा नगरपालिका–७ पिनाटपने खोलामा दुर्घटना हुँदा ३२ जनाको ज्यान गएको थियो ।

विज्ञप्तिको पूर्णपाठ

 

 

प्रतिक्रिया दिनुहोस