महाधिवेशन प्रतिनिधि बाट बचेको समय ‘जनश्रममा’

२७ असोज,कपिलवस्तु । नेकपाको जारी नवौं महाधिवेशनका प्रतिनिधि पर्यवेक्षकहरुले राजनैतिक कुरामा मात्र वहस होईन बचेको समयलाई जनश्रम संग जोडेका छन ।

महाधिवेशनकै विचमा वचेको समयको सदुपयोग गरेका हुन । विशेष गरी सामाना जनसांस्कृति परिवार र जनप्रभात जनसांस्कृति परिवार बाट आएका प्रतिनिधि पर्यवेक्षकहरुले कपिलवस्तुकै सहिद विपिनको घर परिवारको धान काटेर सहयोग गरेका छन ।

उनीहरुले जनता, सहिद परिवार सवैको पार्टी भएकाले जनश्रम कम्युनिष्ट पार्टीको लागि नौलो नभएको वताएका छन । जनश्रमवाट स्थानीय जनता तथा सहिद परिवार खुसी भएका छन ।

प्रतिक्रिया दिनुहोस