एम्बुलेन्स दुर्घटना वाट चालकको मृत्यु


कार्तिक २८ कालिकोट । कालिकोटमा पृथ्वी रक्तदान वीर फाउन्डेसनको एम्बुलेन्स दुर्घटना हुदा चालको मृत्यु भएको छ । गएराति कालिकोट खाँडाचक्र नगरपालिकाको चौखोलाबाट बिरामी बोकेर सदमुकाम मान्म अस्पतालमा आउदै गर्दा सेराबाडामा दुर्घटना परि चालक खगेन्द्र शाहीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कर्णाली प्रदेश ०२००१ च ०१९२ नंबरको एम्बुलेन्स पुर्णरुपमा क्षति भएको छ । कर्णाली राजमार्ग अन्तर्गत खाँडाचक्र नगरपालिका सेरावाडामा साघुरो मोडमा गाडिले सडकको लिक छोडर जानै लाग्दा चालकले ब्रेक लगाएर बिरामी र बिरामीका आफन्तलाई गाडीबाट बाहिर निकाली सकेपछी चालकले एम्बुलेन्स बचाउन ब्याक गेयर लगाउदा ब्याग गियरले काम नगरेको बताईएको छ । गाडी सडक भन्दा करिब ३०० मिटर तल तिलानदीमा खसेको छ ।

प्रतिक्रिया दिनुहोस