पत्रकार महासंघको निर्वाचनमा कालिकोटका ६ हस्तिको केन्द्रमा प्रतिस्पर्धा

२८ मंसिर, कालिकोट । नेपाल पत्रकार महासंघको आज हुने निर्वाचनमा कालिकोटबाट ६ जना वरिष्ठ पत्रकारहरुले प्रतिस्पर्धा गर्दैछन । यस जिल्लाको हकमा यी ६ जना पत्रकार जिल्लाकै हस्ति हुन । लामो समयदेखि पत्रकारिता गरिरहेका पत्रकारहरुको यो हस्ति टिम हो ।
विभिन्न संघ संगठनहरुबाट उम्मेदवारी दिएका ६ जना हस्ति उम्मेदवारहरुले महासचिव,सचिव देखि केन्द्रीय सदस्स्य पदसम्मको उम्मेदवारी दिएका छन ।
महासंघको महासचिव पदका लागि शान्नित्रिवेणी गाउँपालिका जन्मदेव जैशी,समावेशी दलित सचिव पदका लागि रास्कोट नगरपालिका ८ का वसन्त विक, केन्द्रीय सदस्य पदका लागि खाडाचक्र नगरपालिका तुलाराम पाण्डे , शान्नित्रिवेणी गाउँपाकिाका देवीराम देवकोटा, शान्नित्रिवेणी गाउँपालिका नगेन्द्र उपाध्याय र नरहरीनाथ गाउँपालिका दिया चन्दको उम्मेदवारी परेको हो ।
जन्मदेव जैसी लामो समयदेखि राजधानीमा वसेर पत्रकारिता गरिरहनु भएको छ । उहाँ कुनै गठवन्धन विना स्वतन्त्र लडिरहनु भएको छ । समावेशी दलित सचिव पदका उम्मेदवार वसन्त विक लामो समयदेखि युद्धपत्रकारिता गरेर आउनु भएका पत्रकार हुनुहुन्छ ।
उहाँ रमेश विष्ट नेतृत्वको गठवन्धवाट प्रतिस्पर्धामा हुनुहुन्छ । यस्तै पत्रकार पाण्डे पनि लामो समयदेखि पत्रकारिता गरिरहनु भएका व्यक्ति हुनुहुन्छ ।
उहाँ प्रेस चौतारी र प्रेस युनियनको प्यानलवाट कर्णाली प्रदेश भुगोल कोटाबाट केन्द्रीय सदस्यको उम्मेदवार हुनुहुन्छ । अर्का पत्रकार देवकोटा पनि लामो समयदेखि युद्ध पत्रकारिता गरिरहेका व्यक्ति हुनुहुन्छ ।
उहाँ पनि रमेश विष्ट नेतृत्वको प्यानलवाट कर्णालीको भुगोल कोटावाट प्रतिस्पर्धा गरिरहनु भएको छ । अर्का पत्रकार उपाध्याय पनि लामो समयदेखि सुर्खेतमा बसेर पत्रकारिता गरिरहनु भएका व्यक्ति हुनुहुन्छ ।
उहाँ प्रेस युनियनको तर्फवाट प्रेस चौतारीसंगको गठवनधवाट प्रतिस्पर्धामा हुनुहुन्छ । यस्तै चन्द पनि लामो समय देखि पत्रकारिता गरिरहनु भएकी पत्रकार हुनुहुन्छ । उहाँ राजधानीमा वसेर पत्रकारिता गरिरहनु भएको छ । उहाँ खस आर्य कोटावाट रमेश विष्ट नेतृत्वको प्यानलवाट प्रतिस्पर्धामा हुनुहुन्छ ।
कर्णालीको भूगोल कोटावाट एउटै जिल्लाका तीन जना पाण्डे,देवकोटा र उपाध्यायको प्रतिस्पर्धा छ । सवै उम्मेदवारहरुले आफ्नो प्यानल र आफू विजय हुने दावी गरेका छन ।

प्रतिक्रिया दिनुहोस