२७ मंसिर, काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का महासचिव विप्लव सीले कुनै पनि मुल्यमा साम्राज्यवादको हैकम स्वीकारे नहुने बताउनु भएको छ ।
नेकपा (एमाले)को ११ औं महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिदै महासचिव विप्लवले कुनै पनि मुल्यमा साम्राज्यवादको हैकम स्वीकारे नहुने बताउनु भएको हो ।
‘हाम्रो देशमा गिद्दे नजर कसैको पनि स्वीकारे छैन,महाधिवेशनले स्वाधीनताको क्षेत्रमा निर्णय लिनेछ, कुनै पनि मुल्यमा हामीलाई साम्राज्यवादको हैकम स्वीकारे छैन’ महासचिव विप्लवले भन्नु भयो ।
उहाँले वर्तमान सरकारलाई कठपुतलीको संज्ञा दिदै साम्राज्यवादी स्वार्थमा जिम्मेवार दललाई उपेक्षा गरेर सरकार बनेको आरोप लगाउनु भयो ।
‘नेपाललाई कहिल्यैपनि कसैको अधिनमा जान दिने छैनौ, संसारभर आफ्नो तुच्छ स्वार्थको निम्ति नेपाल जस्ता देशहरुको प्राकृतिक श्रोत साधनलाई दोहन गर्नका लागि आफ्ना कठपुतलीहरु खडा गर्ने र जिम्मेवार दललाई उपेक्षा गर्ने षड्यन्त्र चलेको छ’ महासचिव विप्लवले भन्नु भयो, ‘हाम्रो देशको सार्वभौमीकता के हुन्छ ? भन्ने कुरा जनताको मनमा एउटा छ, सुकुम्वासीदेखि बुद्धिजीवीदेखि उद्योगपतिदेखि सम्पूर्ण क्षेत्रको दिमागमा अहिले एउटा रन्थनीने गरी दिमाग मञ्चिने गरी प्रश्न उठ्ने गरी तपाई हामी उभिएका छौ, हामीले जवाफ दिनै पर्छ ।’
उहाँले अग्रजहरुले देशको लागि धेरै दुख गरेपनि जनताको अपेक्षा पुरा नभएको, सहिदको सपना र देशको स्वाधीनता अभैm अधुरो रहेको टिप्पणी गर्नु भयो ।
‘कम्युनिष्टहरुले यो देशमा धेरै दुख गरेका छन,हाम्रा अग्रजहरुले धेरै दुख गरेका छन, राजनीतिक शक्तिहरुले धेरै दुख गरेका छन, प्रजातान्त्रिक शक्तिहरुले पनि धेरै दुख गरेका छन, देशभक्तहरुले पनि दुख गरेका छन, नयाँ नयाँ प्रतिभाहरु पनि जन्मिरहेका छन, तर नेपाली जनताको अपेक्षा धेरै अधुरा छन, सहिदहरुको पसना अधुरा छन, देशको स्वाधीनता अझै पनि अधुरो छ’ महासचिव विप्लवले भन्नु भयो ।
उहाँले परिस्थितिको तरलतालाई प्रयोग गर्दै साम्राज्यवादी तत्वहरुले,साम्राज्यवादी लुटेराहरुले जबर्जस्त द्धन्द्ध भडकाउने र देशमाथि प्राधिनता लाद्ने,नवउपनिवेश लाद्ने र आफ्ना कठपुतली खडा गर्ने काम गरेको ठोकुवा गर्नु भयो ।
‘मान्छेहरुलाई लाग्दो हो कम्युनिष्टहरु सकिने छन, त्यो सम्भव छैन, कम्युनिष्टहरुले धेरै उताव चढाप सामना गरेका छन, कुनै दिन कम्युनिष्टहरुले स्वाधीनताका लागि उभिएका कारण प्रतिबन्ध सामना गर्नु पर्यो’ महासचिव विप्लवले भन्नु भयो, ‘पुष्पलालले प्रतिबन्ध सामना गर्नु पर्यो, तपाई हामीले जेल नेल कति खायौं त्यसको हिसाव छैन, कति बलिदान गर्यौ त्यसको हिसाव छैन, सबैकुरा छिचोलेर देशको स्वाधीनताका लागि लडिरहेका छौ ।’
महासचिव विप्लवले एमालेले माथि अहिले धेरै हमला भएको भन्दै त्यसको एउटै कारण राष्ट्रिय स्वाधीनतामा लिएको अडान भएको जिकिर गर्नु भयो ।
‘एमालेलाई धेरै ठुलो हमला भएको छ, होलान त्रुटीहरु पनि । एमालेमाथि हमला हुनुको एउटै कारण नेपाली जनताले बुझ्नैपर्छ एमालेले राष्ट्रिय स्वाधीनताको पक्षमा एउटा अडान राख्दै आएको छ, हामीमाथि प्रतिबन्ध भएपनि,हामी दुखमा भएपनि,बाहिर खुल्ला भएपनि जतिवेला स्वाधीनताको लडाई चलेको छ, हामी एउटै मोर्चामा उभिएको अनुभूति छ’ महासचिव विप्लवले भन्नु भयो ।
उहाँले कम्युनिष्टहरुले कमजोरीबाट पाठ सिक्दै रुपान्तरण हुनुपर्ने भन्दै कम्युनिष्टहरुले जनतामा गोरु जस्तै जोतिएर जनता र देशको सेवा गर्नुपर्ने उद्घोष गर्नु भयो ।