कम्युनिष्ट आन्दोलनलाई एकीकरण गर्नैपर्छः विप्लव सी

२९ मंसिर, काठमाडौ । नेकपा (माओवादी)का महासचिव विप्लव सीले कम्युनिष्ट आन्दोलनलाई एकीकरण गनैपर्ने बताउनु भएको छ ।
नेकपा (एमाले)को ११ औ महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिदै महासचिव विप्लवले कम्युनिष्ट आन्दोलनलाई एकीकरण गनैपर्ने बताउनु भएको हो ।
उहाँले भन्नु भयो ‘कम्युनिष्ट एकीकरण गर्न खुल्ला हुनुपर्छ, आवश्यकता, नयाँ परिस्थिति,नयाँ समय र नयाँ युगलाई सम्वोधन गर्नेगरी तयार भयौ भने अवश्य नेपालमा एकदिन २००६ साल पनि सम्भव हुनेछ ।’
महासचि विप्लवले एउटै कम्युनिष्ट रातो झण्डामुनी नेपालका श्रमिक जनतालाई आबद्ध बनाउनु पर्ने विचार राख्नु भयो ।
उहाँले सबैलाई एउटै झण्डामुनी आबद्ध गरेपछि देशलाई रुपान्तरण्ण गर्दै समाजवादतिर लिएर जान सकिने विश्वास व्यक्त गर्नु भयो ।
उहाँले एमालेसंग आन्दोलनमा एकता,सहकार्य, देशको स्वाधीनताका लागि सहकार्य, जनताको अधिकारका लागि सहकार्य र आउदो नयाँ नेपालका लागि सहकार्य हुने घोषण गर्नु भयो । महासचिव विप्लवले सर्वपक्षिय सरकार बनाएर मात्र चुनावमा जान नसकिने बताउनु भयो ।
‘सर्वपक्षिय अन्तरिम सरकार बनाएर सहजरुपमा एउटा नयाँ तरिकाले संविधानलाई पूर्नलेखन गर्न पर्यो भने गर्दै नेपालका सबै श्रमिक जाति,क्षेत्र, लिङ्ग, उत्पीडनमा परेका सबै नयाँ पुस्ता जेनजी,देश विदेशमा रहेका नेपाली नागरिकहरुको चाहानालाई सम्बोधन गरेर अनि मात्र चुनावतिर जान आवश्यक छ’ महासचिव विप्लवले भन्नु भयो ।
उहाँले बर्तमान सरकार नत आन्दोलनको मर्म र नत संवैधानिक प्रक्रिया दुवै किसिमबाट नभएको आरोप लगाउनु भयो ।

प्रतिक्रिया दिनुहोस