२ फागुन, चितवन । युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष दिनेश सीले विदेशीयका युवाहरुले पठाएको रेमिटेन्समाथि नेपालका दलालहरुले लुटको रजाई गरिरहेको बताउनु भएको छ ।
युवा संगठन नेपाल, भरतपुर महानगरपालिका चितवनको तेश्रो सम्मेलनलाई विहिवार सम्वोधन गर्दै युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष दिनेश सीले विदेशीयका युवाहरुले पठाएको रेमिटेन्समाथि नेपालका दलालहरुले लुटको रजाई गरिरहेको बताउनु भएको हो ।
उहाँले दिन प्रतिदिन नेपालका युवाहरुलाई विदेशतिर बेच्नेकाम नेपालको दलाल सरकारले नै गरेको भन्दै उनीहरुले पठाएको रेमिटेन्समाथि लुट मच्चाएर रजाई गर्न विदेश बेच्ने काम गरेको टिप्पणी गर्नु भयो ।
‘विदेशवाट आएको रेमिटेन्सले नेपालको अर्थतन्त्र धानिएको छ, नेपालका दलालहरुले त्यो रकममा रजाई गरेका छन,अर्थतन्त्र लुटेका छन’ उहाँले भन्नु भयो, ‘यसको अन्त्यका लागि नेपाली युवाहरुको काँधमा ठुलो जिम्मेवारी आएको छ, दलाल पुँजीवादलाई ध्वस्त पारेर नेपालमा नेपाली विशेषताको समाजवाद ल्याउनु पर्छ । त्यो नै नेपाली युवाहरुको दिगो समस्या समाधान हो ।’
उहाँले दलाल पुँजीवादलाई ढाल्न र समाजवादमा पुग्न एकीकृत जनक्रान्तिमा युवाहरुलाई लामवद्घ हुन समेत विशेष आह्वान गर्नु भयो ।
जनयुद्ध दिवशको अवसरमा भएको सम्मेलनमा अध्यक्ष दिनेश सीले जनयुद्धलाई कसैले हिंसा भन्ने गरेको प्रति आपत्ति जनाउदै त्यो प्रतिक्रान्तिको विचलित मानसिकताको उपच भएको जिकिर गर्नु भयो ।
सम्मेलनमा विशिष्ट अतिथि नेकपाका केन्द्रिय सदस्य तथा चितवन जिल्ला इन्चार्ज उत्सव सी ,अतिथिहरुमा नेकपाका केन्द्रिय सदस्य तथा जिल्ला सेक्रेटरी रुद्र सी, युवा संगठन नेपालका केन्द्रिय सचिव तथा वागमति प्रदेश इन्चार्ज अनिल सी, दिनेश सी, केन्द्रिय प्रतिनिधि सदस्यहरुमा भरत सी, अजिव सी, महेन्द्र सी, धर्म सी, युवा संगठन नेपाल केन्द्रिय समितिका सचिवालय सदस्य तथा चितवन जिल्ला इन्चार्ज अशोक सी, केन्द्रिय सदस्यहरुमा पारस, हिमाल सी, संतोष सी, सम्झना सी,आकाश सी, लगायतको उपस्थिति रहेको थियो ।
सम्मेलनले गौरब सीको अध्यक्षतामा ३१ सदस्यीय नगर कमिटी निर्वाचित गरेको छ । सम्मेलनमा सयौ युवाहरुको सहभागिता रहेको थियो ।