वैज्ञानिक समाजवादी व्यवस्थाका लागि कम्युनिष्टहरु एक हुनुपर्छ ः विवेक

२ फागुन,दैलेख । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा दैलेख इन्चार्ज विवेक सीले वैज्ञानिक समाजवादी व्यवस्थाका लागि सवै कम्युनिष्टहरु एक हुनुपर्ने वताउनु भएको छ ।

मंगलवार जिल्लाको आठविसकोट नगर समिति वडा नम्वर १को बैठकलाई प्रमुख अतिथिको रुपमा सम्वोधन गर्दै नेता विवेकले यस्तो वताउनु भएको हो ।

उहाँले देशमा आर्थिक,राजनीतिक,सामाजिक,साँस्कृतिक शंकट दिनप्रतिदिन बढ्दै गएको कुरा उल्लेख गर्दै संसदीय व्यवस्था असफल भएकाले बैज्ञानिक समाजवादी व्यवस्थाको लागि सवै कम्युनिस्टहरु एकजुट हुनुपर्ने वेला आएको वताउनु भयो ।

नेता विवेकले पार्टीको ६ महिने आवधिक योजना कार्यन्ययन गर्न र पार्टीलाई जनतासँग जोड्न सबै वडा र टोल टोलमा संगठन निर्माण गर्न कार्यकर्ताहरुलाई निर्देशन दिनु भयो । वैठकले ६ महिने आवधिक योजना निमार्ण गर्दै जनतासंग जोडिने ठोस कार्ययोजना निमार्ण गरेको छ ।

बैठकमा नेकपा दैलेखका सेक्रेटरी प्रकाश सी,अखिल(क्रान्तिकारी) का केन्द्रीय समिति सदस्य सुदर्शन सी,अखिल(क्रान्तिकारी)दैलेखका उपाध्यक्ष महेन्द्र सी लगायतका नेताहरुको आतिथ्यता रहेको थियो ।

बैठकको अध्यक्षता वार्ड सेक्रेटरी मीन सीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस