२ फागुन,कालिकोट । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य विराट सीेले जनयुद्धको सपना पुरा गर्न एकीकृत जनक्रान्तिको बाटोमा लाग्न आहवान गर्नु भएको छ ।
नेपाल कम्युनिष्ट पार्टीले २८ औं जनयुद्ध दिवसको अवसरमा जिल्लाको माल्कोट सेरापाटामा आयोजना गरिएको जनयुद्ध दिवसको शुभकामना आदान प्रदान कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्वोधन गर्दै नेता विराटले यस्तो आहवान गर्नु भएको हो ।
कर्णाली मुक्ति मोर्चाका संयोजक समेत रहनु भएका विराटले नेपालमा दलाल संसदीय व्यवस्थाको अन्त्य गरी वैज्ञानिक समाजवाद स्थापना नगरे सम्म जनयुद्धको सपना पुरा नहुने वताउनु भयो । उहाँले त्यसका लागि नेपाल कम्युनिष्ट पार्टीले अगाडि सारेको क्रान्तिको कार्यदिशा एकीकृत जनक्रान्तिको बाटोमा लाग्नुको अन्य विकल्प नभएको ठोकुवा गर्नु भयो ।
नेता विराटले प्रचण्ड वावुरामहरुले जनयुद्धलाई साम्राज्यवादी र दलाल पूँजीवादको हातमा सुम्पेको भन्दै साम्राज्यवाद संगको लडाई जिन्ने गरेर अबको क्रान्तिको तयारी गर्नुपर्ने आवश्यकता औल्याउनु भयो ।
उहाँले दलाल संसदीय प्रतिकृयावादी व्यवस्था र भुमण्डलीकृत पूँजीवादी साम्रज्यवादले नेपालमा भएको कम्युनिष्ट जनमत सिध्याउने षड्यन्त्र गर्र्दै आएको र नेपाललाई युक्रेनीकरण वनाउन खोजेको आरोप पनि लगाउनु भयो ।
नेकपा केन्द्रीय सदस्य तथा मध्य कर्णाली व्युरो ईन्चार्ज विवेक सीले नेपाली जनयुद्वलाई भ्रष्टिकरण गरेर जनयुद्वको नायक प्रचण्डले दलाल संसदीय पूँजीवादी प्रतिकृयावादी व्यवस्था सामु आत्मसमर्पण गरेको वताउनु भयो । उहाँले संसदीय व्यवस्था खसी को टाउको झुण्ड्याएर कुकुरको मासु वेच्ने थलो भएको टिप्पणी गर्दै त्यही थलोमा प्रचण्डहरु कुकुरको मासु वेच्ने पसल थापेर वसेको आरोप लगाउनु भयो । उहाँले
जनयुद्धको आधार इलाका कालिकोटवासीले फेरी पनि एकीकृत जनक्रान्तिको आधारभूमी वनाउनेमा विश्वास व्यक्त गर्नु भयो ।
उहाँले नेकपाको नेतृत्वमा एकीकृत जनक्रान्तिवाट वैज्ञानिक समाजवादी व्यावस्थाले मात्र जनयुद्धको सपना पूरा हुने ठोकुवा गदै एकीकृत जनक्रान्ति भित्र गोलवन्द हुन राष्ट्रवादी देशभक्त ,सम्पुर्ण जनसमुदायलाई आवाहन गर्नु भयो
यस्तै नेकपा केन्द्रीय सदस्य तथा कालिकोट जिल्ला इन्चार्ज बलवानले जनताको मुख्य दुश्मन दलाल संसदीय व्यवस्था भएको टिप्पणी गर्नु भयो । कार्यक्रममा नेकपा केन्द्रीय सदस्य अविचल लगायतका नेताहरुले नेकपा जनताको दुख र सुख संग साथ दिने पार्टी भएको भन्दै सवै खाले अत्याचारका विरुद्ध संघर्ष गर्न नेकपा तयार भएको जिकिर गर्नु भयो ।
नेकपाका जिल्ला सेक्रेटरी साहसीको अध्यक्षतामा सम्पन्न भएको जनसभा उल्लेखिय जनसभागीता रहेको थियो । कार्यक्रम सुरु हुनुपूर्व जनयुद्ध जिन्दावाद,एकीकृत जनक्रान्ति जिन्दावाद, दलाल संसदीय व्यवस्था मुर्दावाद,वैज्ञानिक समाजवाद जिन्दावाद ! जस्ता नाराहरु लगाउदै कार्यक्रम स्थल सेरापाटा माल्कोट सम्म र्याली निकालिएको थियो ।
कार्यक्रममा सांस्कृतिक झाँकी सहित विभिन्न क्रान्तिकारी नृत्य तथा गीतहरु प्रस्तुत गरिएका थिए ।
प्रतिक्रिया दिनुहोस