नेपाली कम्युनिष्ट आन्दोलनको स्थापनाकालदेखि नेपाली धर्तीमा प्रत्यक्ष जनसहभागिता सहित जीवनलाई हत्केलामा राखेर आफ्नो पूर्ण मुक्ति र स्वतन्त्रताको लागि भौतिकरुपमा सर्बहाराबर्ग सहभागी भएर तत्कालिन सामान्ती राजतन्त्रात्मक संसदीय ब्यवस्थाको शोषण उत्पीडनबाट उन्मुिक्तका लागि सचेत ढंगले संचालन गरिएको जनयुद्ध एक इतिहासमा स्थापित शब्दावली मात्र होईन यो बिश्वकै चौथो स्थान ओगटेको छ ।
जनयुद्ध मुक्तिकामी युद्ध हो । यसले आफ्ना गौरवशाली २७ बर्ष पूरा गरि २८ बर्ष प्रबेश गरेको छ । हजारौको बलिदानी सयौको संख्यामा घाईते, दर्जनौ कमरेडहरुको वेपत्ता, लाखौ किसान मजदुरहरुको श्रम र पसिनाबाट अनगिन्ती उपलब्धीहरु हासिल गर्दै आफ्नो बिजयको गन्तव्यलाई सफलतापूर्बक जारी राख्यो । प्रतिक्रियावादी शासकहरुले जनयुद्धलाई माओवादी युद्ध मात्र बनाउन खोजे । यो सहि होइन । देशी बिदेशी शक्तिहरुको षड्यन्त्र तिव्र भयो । यो कुनै एक पार्टीको नभई श्रमजीवी वर्गको मुक्तिको युद्ध थियो ।
जनयुद्धको नेतृत्व तत्कालिन नेकपा (माओवादी)ले गरेको यथार्थलाई बङ्गाएर माओवादीले माओवादीका निम्ति गरिएको युद्ध हो भन्ने बुझाउदैछन् । देशी विदेशीहरुले नुवारन देखिको बल प्रयोग किन गरिरहेका छन ? भन्ने कुरा गहिरो संग बुझ्न र बुझाउन जरुरी छ । पहिलो कुरात ः जनयुद्धले देशको ८०% भू भाग कब्जा गर्यो आम जनताको बीचमा जनताको सत्ता संचालन गर्याे । जनताको सुख दुखको साथी बन्यो । सामाजिक सांस्कृितक रुपमा निकै ठूलो परिबर्तन आयो । जनताले न्याय सुरक्षा लगायतका मामिलामा माओवादी सम्झिने भयो । हुदा हुदा संविधानसभाको पहिलो निर्बाचनबाट मृत्यु शैयामा सुतेका संसदीय दलको निदहराम होसहराम हुने गरी जनताले नेकपा (माओवादी ) लाई रोज्यो । त्यसपछि झनै जनयुद्ध माओवादी युद्ध हो । धन भएकाहरुको मात्र हो भन्ने भावको षड्न्त्र बढ्न थाल्यो । यसको सिकार तत्कालिन पार्टी नेतृत्व बन्ने प्रकृया पनि यसैको बीचबाट सुरु भयो ।
तथापि नेपाली कम्युनिस्ट आन्दोलनमा ऐतिहासिक ओगट्ने जनयुद्धलाई तत्कालिन कम्युनिष्ट घटकहरुले नै सहजै जनयुद्ध भनेर शब्द उच्चारण गर्न हिच्किचाहट गर्ने गरेको र बरु माओवादी बिचारबाट यसको नेतृत्वलाई सिध्याई दिएर आफू जस्तै बनाउने खेल चल्यो र एकहद सम्म प्रतिगामीहरु सफल पनि भए । जनयुद्धको वास्तविकतालाई आम जनतामा सम्म पुर्याउनु थियो र पुग्यो पनि । २०% भू भाग खास गरि सहरमा जनयुद्धको प्रभाव नपरे पनि ८० प्रतिशत भू भाग जनयुद्धले कव्जा गर्यो । आज जनयुद्धका बिषयमा जे सुने जे सुनाईयो त्यही बुझे र बुझाईयो । अन्ततः जनयुद्धको बिरुद्ध त्यही शक्ति प्रयोग गरेर माओवादी आन्दोलनका वाकी शान्तिपूर्ण बर्ष जनयुद्ध भन्दा चुनौतिपूर्ण बर्षका रुपमा देखिन पुगे । परन्तु जनयुद्ध दिवसलाई छलफल चर्चा परिचर्चा को बिषय बनाउनु पर्छ र एउटा सहि र बैज्ञानिक निष्कर्षमा पुग्नु पर्छ यो नै आजको आबश्यता हुन जान्छ ।
कसले कसरी मनाए जनयुद्ध दिबस ?
झट्ट हेर्दा एक थरिले जनयुद्धको सम्पूर्ण लक्ष्य पूरा भैसक्यो । अब उप्रान्त क्रान्ति वा युद्धको कुरा गर्नु को कुनै अर्थ छैन भन्दै भौतारिएका छन् । अर्को थरिले जनयुद्ध भैदिएको भए हुन्थ्यो सक्भर आफुले गर्नु नपरोस भन्ने खालको भाव ब्यक्त हुने गरि उद्देश्य बिहिन यात्रा गर्दै बरालिएका छन । यस्तै अर्को थरिले जनयुद्धका अधुरा कार्यभार पूरा गर्न जनयुद्धका तमाम सकारात्मक नकारात्मक अनुभव सहित सृजनशिल ढंगले देशको आमूल परिबर्तनको चाहाना राखेर नयाँ ढंगले आफुलाई सुदृढ गर्दै निरन्तर अगाडि बढीरहेको अवस्था छ । त्यो नेकपाले नेतृत्व गरेको छ । पहिचानका लागि जनयुद्ध दिवस मनाउदाका ब्यानर र त्यहाँ उल्लेखित मुल नारा र मनाउने तौरतरिकाले प्रष्ट बुझिन्छ । नेकपा माओवादी केन्द्रले जनयुद्ध दिवस लाई सरकारी फेसनबाट मनायो । कतै त सरस्वती पुजा मनाए जस्तो पाईन्छ । ब्यानरमा नत नारा छ, न भाषणमा जनयुद्धको बिषयमा चर्चा छ । सहकारी समूह बिकास निर्माण र बजेट ब्यबस्थापनका भाषण छन् । बलिदानी त्याग बिरता सबै भुलिसकेको जस्तो गरि प्रस्तु भएका छन् । केही घटकहरु जनयुद्धको बाटोमा अगाडि बढौको नारा लेखेका उत्सबका ब्यानर सहित प्रस्तुत त भए तर सरकार संग अबको निकास भनेको सर्बदलिय सरकार कार्यकारी राष्ट्रपतीय प्रणाली भए समाजवाद आउछ भन्ने भाव ब्यक्त गरे ।
अर्को थरी जनयुद्धको नारा घोटेर चाट्ने जस्तो केही गरे बिग्रिन्छकी कसैले गरिदिए पहिल्यै नैतिक सर्मथन गर्ने थियौं भनेर अबतरण हुने देखिन्छ । साँच्चिकै जनयुद्धको कार्यभार पूरा गर्ने पबित्र चाहाना त्यो प्रकारको नीति र कार्यक्रम हुने हो भने ब्यवहारमा ब्यक्त हुनु पर्नेहो । नेकपा वाहेक कसै संग त्यो देखिदैन । कम्युनिष्ट आन्दोलन किन फस्टाउन सकेन ? बिजय नजिकै पुग्ने तर हासिल नगर्ने वा कही बिजयको रक्षा गर्न नसक्ने यी र यस्ता समस्याको हल दिनेमा कम्युनिष्ट लिडरहरु किन सोच्नदैनन ? क्रान्तिको कठिन भन्दा कठिन मोडको नेतृत्व लिन किन असफल भएका छन् ? आफ्नो केही स्वार्थ पूरा गर्न अरुका सबै स्वार्थ पूरा गर्न तयार हुने लम्पसार हुने आत्मसर्मपणवादी सोच र चिन्तनबाट कसरी माथी उठ्ने ? यो निकै गम्भीर कुरा हो ।
जस्तो कि जनयुद्ध दिवसको दिनमा सरकारी बिदा दिन लाई पृथ्वी जयन्तीको बिदा दिनु पर्ने , सहिद स्तम्भ निर्माण गर्नका लागि हिजो फालिएका शासकहरुका शालिकको लागि पनि बजेट ब्यबस्था गर्नु पर्ने , धर्मनिरेक्षतालाई बचाउन क्रिश्चियनका कार्यक्रमहरु पनि उद्घाटन गर्ने । मानौ की सुरेश वाग्ले राजमार्ग निर्माण गर्नु छ भने राजा महेन्द्र बिपि ज्ञानेन्द्र यस्तैकुनै थरीका मानिदिनु पर्ने यस्तो बाध्यता किन आयो ? आदि समस्या झेल्दै बिरताको इतिहासमा बिकारहरुले लपेटीएको छ । तर त्यस विरुद्ध जनयुद्ध नयाँ तरिकाले क्रान्तिकारीहरुले अगाडि वढाईरहेका छन सचेतन प्रयत्न सबै जनयुद्ध घटकहरुको हुन जरुरी छ । बिरोधीहरु एक पछि अर्को जनयुद्धको नामनिसान मेट्न खोज्ने कार्यमा छन । जनयुद्धकर्मी हामी एक अर्का लाई धारेहात लगाउदै जाने हो भने जनयुद्धको उद्देश्य पुरा हुदैन । जो जहाँ जुन उद्देश्य लिएर हिडेको होस यस्तो अवस्थामा माओवादीको सर्बनास हुने वाला छ । समबेदनशील भएर ब्यबस्था परिबर्तनका लागि एकताबद्ध हौ । अनिमात्र जनयुद्ध दिवस मनाउनु को सार्थकता हुनेछ ।
जनयुद्ध दिवसका केही प्रतिक्रियाहरु
जनयुद्धका घटक पार्टी र मित्रहरुले जनयुद्ध दिवस मनाईरहदा तत्कालिन जनयुद्धको कमण्डर क प्रचण्ड नेतृत्वको सरकारले फाल्गुण १ लाई सार्बजनिक बिदा दिने निर्णय गर्यो । यो ठिक थियो कि बेठिक भन्दा पनि यो भन्दा राम्रो जनयुद्धमा बलिदान गर्नु हुने महान सहिदहरुलाई राष्ट्रिय सहिद घोषणा गर्ने देखि अरु राम्रो केही गर्न सकिन्थ्यो की भनेर बहस छलफल गर्नु को सट्टा केही जनबिरोधी तत्वहरु रुन्चेस्वरमा चिच्याएको देख्दा पो अनौठो दया लाग्यो । जनयुद्धप्रेमी वा यात्री संगै गठबन्धन गर्ने जनयुद्धबाट आएको पार्टीको चुनाव चिन्नमा आँखा चिम्लेर हो या खुलाएर होस जान्दिन । तर भोट हाल्ने आफ्नो जितका लागि उनका पछाडि खुट्टा मात्र होईन, हातखुट्टा नै टेकेर दौडिने उनी संगै बसेर खाने मात्र होईन जुठो समेत खाने अनि उही पार्टीको जनयुद्ध दिवस लाई नानाथरिका टीका टिप्पणी किन गर्ने ? बिचरा बिचारमा कति दरिद्र रहेछन बुझ्न पाईयो । कति राजनीतिज्ञ हुन हेर्न पाईयो । बास्तवमा जनयुद्ध नभएको भए दलिय राजनीतिको अन्तको सुरुवात राजा ज्ञानेन्द्र ले गरिसकेका थिए । जनमुिक्त सेनाको महत्व केही कम्युनिष्ट र केही गैरकम्युनिष्ट पार्टीका नेताहरुले त्यही बेला बुझे । जतिबेला ज्ञानेन्द्र शाहले उहाँहरुलाई नजबन्द बनाएर राखेका थिए ।
जनयुद्धले आर्जन गरेका उपलब्धीमा रमाउने मोज गर्ने अनि जनयुद्धदिवसको बिषयमा नकारात्मक टिप्पणी गर्ने र प्रतिक्रिया दिने सरासर राजनीति वेइमानी भएनर महासय ! सोचेर बोलौ । बिगत फर्केर बोलौ । बिना पूर्वाग्रही भएर बोलौ । पक्षपाती नभएनी रचनात्मक आलोचक भएर बोलौ । बोलौ तर ध्यान दिएर बोलौ । बिपिको प्रजातन्त्र सबैको प्रजातन्त्र , जनयुद्धको गणतन्त्र सबैको गणतन्त्र भएरै छाड्छ । वेकारमा समय खेर अनाबश्यक फाल्नु भन्दा रचनात्मक कार्यमा लगानी गरौं । नेपालीले नेपालकी लागि ठुलो त्याग गरेर परिबर्तनको भिमकाय अपेक्षा सहित सुरुवात गरिएको जनयुद्ध दिवस आम नेपालीको पर्व हो । यसलाई ब्यबस्थित गर्नु स्थापित गर्नु सचेत नागरिकको अहम दाहित्व हो ।
(लेखक नेकपाका केन्द्रीय सदस्य हुनुहुन्छ)