१ चैत्र, वुटवल । राष्ट्रिय दलित पत्रकार संघ,नेपालको प्रथम राष्ट्रिय महाधिवेशन भव्यताका साथ आज वुटवलमा सम्पन्न भएको छ ।
महाधिवेशनले विनोद पहाडीको अध्यक्षमा ४१ सदस्सीय नयाँ केन्द्रिय कार्यसमिति निर्वाचित गरेको छ ।
फागुन २८ गते वाट सुरु भएको महाधिवेशनमा देशभरका करिव साढे तीन सय दलित पत्रकारहरुको सहभागिता रहेको थियो । कालिकोट वाट भने केन्द्रिय सदस्यमा ज्वाला खवरका सम्पादक वसन्त विक पनि निर्वाचित हुनु भएको छ ।
महाधिवेशनले दलित पत्रकारको पेशागत सुरक्षा,भेदभवरहित समाज निमार्ण लगायतका विषयमा देशभर एकतावद्ध भएर जाने निर्णय गरेको छ ।