आजदेखि नयाँ बर्ष २०८२ साल सुरु, खुसीका साथ मनाईदै

१ वैशाख, कालिकोट । आजदेखि विक्रम संवत् २०८२ सालको नयाँबर्ष सुरु भएको छ ।
नयाँ वर्ष सुरु भएको पहिलो दिन आज देश र विदेशमा नेपालीहरुले खुसीका साथ मनाउदैछन ।
नेपालीहरुले मिठो मसिना खाएर एक आपसमा शुभकामना आदान प्रदान गरेर नयाँ बर्ष मनाउदै छन । नयाँ बर्षको अवसरमा आज सरकारले सार्वजनिक विदा समेत दिएको छ ।
नयाँ वर्षको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्याधीश विश्वम्भर प्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल, राजनीतिक दलका शीर्ष नेता लगायतले शुभकामना सन्देश दिँदै सबै नेपालीको उन्नती प्रगतिको कामना गर्नु भएको छ ।
आजको दिन नयाँ कामको थालनी गर्ने परम्परा पनि रहेको छ । नयाँ वर्षको पहिलो दिन राम्रो सुरुवात भए वर्षभर राम्रो हुने जनविश्वास छ ।
विक्रमादित्यले चलाएको संवत् भएकाले यो संवत्लाई विक्रम संवत भनिएको हो । मल्लकालदेखि नेपालमा मौलिक संवत्का रुपमा विक्रम संवत् चलेको हो । नेपालमा मात्र मौलिकरुपमा यो संवत् चल्छ । भारतमा सरकारी संवत् शक संवत् भए पनि व्यवहारमा इस्वी संवत् चलेको छ ।

प्रतिक्रिया दिनुहोस