नदेउ !


पेट भोको छ, बस्ने छाना छैन उसको
नदेउ शुभकामना,खाने खाना छैन उसको !

नयाँ बर्ष भनेर ? किन दिन्छौ शुभकामना ?
शरिर नाङगो छ, खाने दाना छैन उसको !

सक्छौ ! शव्दले होईन,पेटभरीने शुभकामना देउ
खुट्टा फुटेका छन, लगाउने पाना छैन उसको !

पेट भोको छ, बस्ने छाना छैन उसको
नदेउ शुभकामना,खाने खाना छैन उसको !

प्रतिक्रिया दिनुहोस