३१ बैशाख, कालिकोट । युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष दिनेश सीले भ्रष्टाचार विरूद्व जागरण अभियानले भ्रष्टाचारीलाई कार्वाही गर्ने चेतावनी दिनुभएको छ ।
मंगलबार खाँडाचक्र नगरपालिका २ मा भ्रष्टाचार विरूद्व युवा जागरण अभियान कार्यक्रममा बाेल्दै उहाँले भ्रष्टाचार विरूद्व जागरण अभियानले भ्रष्टाचार, दलाली र कमिसन खाेरकाे खाेज, अध्यान र अनुसन्धान गरि त्यस्तो भ्रष्टहरूलाई कालाे मुसा र जुत्ताको माला लगाउने चेतावनी दिनुभएको हाे ।
उहाँले अहिले बढ्दै गएको भ्रष्टाचार र बेथितिकाे विरूद्वमा युवा जागेको भन्दै अब यस्ता भ्रष्टहरूलाई युवाले ठिक पार्ने बताउनुभयो ।
उहाँ अहिले समाचार आएका रास्काेटका विभिन्न काण्डहरू कमिसन, दलाली, भ्रष्टाचार र बेथितिका बारेमा युवा संगठनको ध्यानाकर्षण भएको भन्दै त्यसको चिरफार गर्ने बताउनुभयो ।
उहाँले अहिलेको छाेटे राजाहरूले भ्रष्टाचार गरि अकुत सम्पत्ति कमाउने र विलासि जीवन विताउने गरेको भन्दै भ्रष्टाचार विरूद्वकाे अभियानले यसको हिसाबकिताब खाेज्ने बताउनुभयो ।
युवा संगठनले देशमा भ्रष्टाचारको जालाे ठुलो रहेको र त्यस विरूद्व कडा संघर्ष गर्न आवश्यक भएको निष्कर्ष निकालेर याे अभियानको सुरूवात गरेको बताउनुभयो ।
युवा जागरण अभियानले खाँडाचक्र २ मा अनु सीकाे नेतृत्वमा ११ सदस्यीय वडा कमिटीको गठन गरेको अध्यक्ष दिनेश सीले बताउनुभयो ।
भ्रष्टाचार विरूद्व जागरण अभियानमा नेकपा कालिकोट जिल्ला सेक्रेटरी बलवान् सी, खाँडाचक्र नगर सेक्रेटरी कठिन सी, युवा संगठन नेपालका केन्द्रीय सदस्य रमेश सी लगायतको सहभागिता रहेको थियो ।
यस्तै रमा सीकाे नेतृत्वमा ११ सदस्यीय वडा पार्टी कमिटीकाे समेत गठन गरिएको जिल्ला सेक्रेटरी बलवान् सीले जानकारी दिनुभयो ।