बिकास निर्माणमा जनप्रतिनिधि र समुदायले चिन्ता र चासोका साथ लाग्नु पर्छ: अध्यक्ष सेजुवाल

जेठ ३१, कालिकाेट । कालीकोट जिल्लाको पँचालझरना गाउपालीका वडा नम्बर ४ मा बिहबार सार्वजनिक सुनुवाइ तथा सुझाव संकलन कार्यक्रम आज सम्पन्न भएको छ ।

सुचनाको हक ऐन २०६४ र नियमावलि २०६५ अनुसार सेवा प्रदायीक निकायले सेवाग्राहिलाई बर्षमा ३ पटक कार्यालयले गरेका सम्पुर्ण काम कार्यहरुको जानकारि दिने र लिने बिषयमा गरिने सार्वजनिक सुनुवाई कार्यक्रम  बिहबार पँचालझरना गाउपालीका वडा नम्बर ४ जारकोटमा कार्यक्रम सम्पन्न भएको हो ।

सम्पन्न कार्यक्रममा गाउपालीकाका अध्यक्ष खडकराज सेजुवाल उपाध्यक्ष तारा न्यौपाने, वडा नम्बर ४ का वडाअध्यक्ष अनरुप रोकाया, प्रमुख जवाफदेही बक्ताकाे रूपमा रहनु भएकाे थियाे ।

वडामा निर्माणधिन अवश्थामा रहेका बिभिन्न योजनाहरुमा स्वास्थ्य, शिक्षा, खानेपानि, बिद्युत्त, सडक, लक्षित वर्ग, छाउपडि पर्था र सामाजिक बिक्रिति र बिभेदका बिषयमा नागरिकहरुको प्रश्न केन्द्रित गरिएको थियो ।

कार्यक्रममा लाफागाड लघु जलविद्युत्त आयोजनाको सार्वजनिक सुनुवाई गर्ने, लाफा देखि पचाँलझरना सडक निर्माण गर्दा भत्किएका संरचनाहरुको यथासिर्घ पुन निर्माण गर्ने प्रतिबद्धता गरिएको छ ।

कार्यक्रममा गाउपालीकाका अध्यक्ष सेजुवालले सार्वजनिक सुनुवाई कार्यक्रममा गरिएका प्रतिबद्धता अनुसार वडाको बिकास निर्माणमा यहाँका जनप्रतिनिधि र समुदायले चिन्ता चासोका साथ लाग्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा गाउपालीका उपाध्यक्ष तारा न्यौपानेले पँचालझरना गाउपालीकाको गाउ सभाले तय गरेको निति तथा कार्यक्रम अनुसार समृद्ध पँचालझरना हाम्रो चाहाना भन्ने नारालाई सार्थक बनाउन सिंगो समुदाय तथा नागरिकहरु एक जुट भएर लाग्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा सुचना अधिकारि नरिमान सेजुवाल, पशु बिभाग प्रमुख कलबहादुर बम, कृर्षि बिभाग प्रमुख परेक बहादुर शाही, सहायक जवाफदेहि बक्ताको रुपमा रहेका थिए ।

प्रतिक्रिया दिनुहोस