विशेषज्ञ सहित निःशुल्क स्वास्थ्य शिबिर, गाउँमै स्वास्थ्य सेवा पाउदा सेवाग्रही खुसि

जेठ ३१, कालिकाेट । कालीकोट जिल्लाको नरहरीनाथ गाउँपालिकामा २ दिने निशुल्क स्वास्थ्य सिविर बिहबारबाट सञ्चालन भएको छ ।

स्वास्थ्य कार्यालय कालिकोटको आयोजना र नरहरीनाथ गाउँपालिकाको सहयोग तथा प्राथामिक स्वास्थ्य केन्द्र कुमालगाउको समन्वयमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको हो ।

शिविरमा मानसिक रोगी, पाठेघर खसेका महिलाको उपचार सेवा, छालाका बिरामी, दात रोगीका साथै भिडियो एक्सरे सेवा लागएतका अन्य सेवाहरु निशुल्क प्रदान गरीको स्वास्थ्य कार्यालय कालीकोटका निमिक्त प्रमुख कटक महतले जानकारी दिनुभयो ।

बिहबार पहिलो दिन बिरामी जाँच  ११०२ जना,  दन्तरोग सेवा १६० जना,  हाडजोर्नी २४० जना, भिडियो एक्सरे २३ जनाकाे जाँच गरिएकाे छ ।   शिविरमा पाठेघर १२४ जना, आङ्ग खसेको १० जना महिला, प्रयोगशाला सेवा ४३ र अप्रेसन १७ जनाले सेवा लिएको बताईएको छ ।

स्वास्थ्य कार्यालय कालिकोटका निमिक्त प्रमुख कटक महतको अध्यक्षता, नरहरिनाथ गाउँपालिकाका अध्यक्ष धीर बहादुर बिष्टको प्रमुख आथित्यतामा उद्धघाटन भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष मनशोभा बुढा, प्रहरी नायव उपनिरिक्षक विनोद शर्मा, प्राथमिक स्वास्थ्य केन्द्र कुमालगाउँका स्वास्थ्य व्यवस्थापन समिति अध्यक्ष, जनप्रतिनीधि, स्वास्थ्य संयोजक लंक बटाला लगायत विभिन्न विषयगत ७ जना विशेषज्ञ डाक्टरहरुको उपस्थितीमा रहेको थियो ।

पहिलो पटक नरहरिनाथ गाउँपालिकामा विशेषज्ञ सहितको स्वास्थ्य शिविरको आयोजना गर्दा गाउँपालिका सेवा क्षेत्र भित्रका विरामी तथा सेवाग्राहीहरुको बाक्लो उपस्थिती हुनुका साथै गाउमै स्वास्थ्य सेवा लिन पाउदा सेवाग्रही खुसि भएका छन ।

आगामी दिनमा पनि यस्तै विशेषज्ञ सहितकाे स्वास्थ्य शिविर सञ्चालनका लागि गाउँपालिकाले सक्दो सहयोग गर्ने र अबको विनियोजित बजेटमा स्वास्थ्यलाई विशेष प्राथमिकता दिने प्रमुख अध्यक्ष  बिष्टले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस