३१ जेठ, कालिकोट । जिल्लाका ९ वटा स्थानीय तहको बेरुजु रकम बढेको छ । महालेखा परिक्षकको कार्यालयले आर्थिक बर्ष २०८०।०८१ को प्रतिवेदन सार्वजनिक गर्दै जिल्लाका सबै पालिकाहरुमा बेरुजु रकम बढेको देखाएको हो ।
महालेखाले जिल्लामा आर्थिक बर्ष २०८०।०८१ सम्म जिल्लाका सवै पालिकाको कुल बेरुजु २ अर्ब,९ करोड, ९५ लाख ४५ हजार पुगेको उल्लेख गरेको छ ।
यसले जिल्लामा सुशासनको क्षेत्रमा निकै ठुलो प्रश्न खडा गरेको छ । जिल्लामा माओवादी केन्द्रले जितेका पालिकाहरुमा सबै भन्दा बढी बेरुजु रकम देखिएको छ ।
माओवादीले जितेका पालिकाहरुको तुलनामा नेपाली कांग्रेसले जितेका २ वटा पालिकामा सबैभन्दा कम रकम बेरुजु भएको महालेखाको प्रतिवेदनले देखाएको छ ।
माओवादी केन्द्रबाट स्वतन्त्र उम्मेदवारी दिएर जितेको शान्नित्रिवेणी गाउँपालिका सबै भन्दा बढी ३१ करोड ५४ लाख ५१ हजार रुपैया बेरुजु गर्ने पालिका भएको छ ।
यो पालिकामा माओवादी केन्द्रका नेता महेस केसी पालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवारीबाट जितेका छन ।
नेपाली कांग्रेसले जितेको तिलागुफा नगरपालिकामा सबैभन्दा कम १३ करोड,२७ लाख ८ हजार मात्र बेरुजु रकम देखिएको छ ।
यस्तै कांग्रसेले जितेको नरहरीनाथ गाउँपालिकामा पनि अरु पालिकाको तुलनामा कम वेरुजु रकम देखिएको छ ।
नरहरीनाथ गाउँपालिकामा १९ करोड,३७ लाख ९२ हजार वेरुजु छ । माओवादी केन्द्रले जितेका पालिकाहरुमा काँग्रेसले जितेका तिलागुफा नगरपालिका र नरहरिनाथ गाउँपालिका भन्दा बढी बेरुजु छ ।
माओवादी केन्द्रले जितेको पलाँता गाउँपालिका बेरुजु रकम गर्नेमा दोस्रो पालिका छ । यसमा ३१ करोड २४ लाख ७५ हजार बेरुजु छ ।
खाँडाचक्र नगरपालिका वेरुजु गर्नेमा तेस्रो नम्वरमा छ । यसमा नेकपा एकीकृत समाजवादीका स्वतन्त्र उम्मेदार कमल शाही जितेका छन ।
यस पालिकामा २७ करोड १२ लाख ५८ हजार बरुजु देखिएको छ । यस्तै माओवादी केन्द्रले जितेको महावै गाउँपालिका २३ करोड, ४९ लाख १५ हजार बेरुजु गरेर चौथौ स्थानमा छ ।
रास्कोट नगरपालिका २१ करोड ४५ लाख १७ हजार बेरुजु गरेर पाँचौ स्थानमा छ ।
पचालझरना गाउँपालिका २१ करोड ३१ लाख ५८ हजार बेरुजु गरेर छैटौं स्थानमा छ ।
यस्तै शुभकालिका गाउँपालिका २१ करोड १२ लाख ७१ हजार बेरुजु गरेर सातौ स्थानमा परेको छ ।
यो तथ्याङ्कले कम्युनिष्टहरु जितेको ठाउँमा सुशासनको कालो धव्वा देखिएको छ ।
सरकारी रकमको बढी भन्दा बढी अनियमित तरिकाले खर्च गर्नेमा माओवादी र एकीकृत समाजवादी देखिएका छन ।
काँग्रेस भन्दा कम्युनिष्टहरुले जितेको पालिकामा कम बेरुजु होस र राम्रो काम होस भन्ने जनताको चाहाना हो ।
तर कम्युनिष्ट भन्ने हरुले कांग्रेस जतिको काम पनि गर्न नसेको देख्दा कालिकोटवासी जनता माओवादी केन्द्र र एकीकृत समाजवादीप्रति रुष्ट छन । कालिकोटवासी जनताले कम्युनिष्ट भन्नेहरुले आफुलाई सुधारेर राम्रोकाम गरुन भन्ने सुझाव पनि दिएका छन ।