कालीकोटको लालीघाट टिपर दुर्घटनाप्रति दलित अधिकारक्रमीद्वारा दुःख व्यक्त

जेठ ३२, कालिकोट । कालीकोटको लालीघाटबाट रास्कोट जाँदै गरेको टिपर दुर्घटनामा भएको मानवीय क्षतिप्रति दलित अधिकार प्रवद्धन तथा समन्वय समिति रास्कोटले गहिरो दुःख व्यक्त गरेको छ ।

अधिकार प्रवद्धन तथा समन्वय समिति रास्कोटका सचिव मन बहादुर नेपालीले शनिबार शोक ब्यक्तव्य जारी गरी उक्त दुर्घटनामा परी ज्यान गुमाएका शर्मिला सार्की, ठुम्कि सार्की र निस्पता सार्की प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना र घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्नु भएको छ ।

साथै बेपत्ताहरुको खोजीकार्यका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउनु भएको छ । उद्धारका नाममा जबर्जस्ती धेरै यात्रु राख्नाले गम्भीर लापरबाही गरिएको बताउँदै मृतक परिवारलाई उचित क्षतिपूर्ति, राहत, घाइतेहरुको निःशुल्क उपचारको माग गरिएको छ ।

भारतबाट फर्किंदै गरेका मजदुरहरूलाई लिएर कालीकोटको रास्कोट जाँदै गरेको टिपर कर्णाली नदीमा खस्दा २ जनाको घटना स्थलमा मृत्यु भएको थियो भने १ जनाको उपचारका क्रममा शिक्षण अष्पताल काठमाडौंमा मृत्यु भएको थियो । घटनामा १० जना घाइते र २ जना अझै बेपत्ता भएका छन् ।

शोक ब्यक्तव्यको पूर्णपाठ

प्रतिक्रिया दिनुहोस